News

काठमाडौंमा फेरि अर्को एक जनाको हत्या

काठमाडौंमा फेरि अर्को एक जनाको हत्या भएको छ । जिल्लाको तारकेश्वर नगरपालिका को मनमैंजुमा गए राती छुरा प्रहार गरी एक जनाको हत्या भएको हो ।
दुई जनाबीच भनाभन हुँदा विवाद चर्किएपछि २४ वर्षीय लक्ष्मण तामाङको हत्या भएको छ ।नुवाकोट घर भएका तामाङको हत्या भएको प्रहरीले जनाएको छ ।

छुरा प्रहारबाट घाइते भएका उनको ग्रिनसिटी अस्पतालमा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् । नयाँ बसपार्क सुकुम्बासी बस्ति बस्ने दोर्जे तामाङले लक्ष्मणमाथि छुरा प्रहार गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । छुरा प्रहार गर्ने दोर्जे फरार छन् ।

उनको खोजीमा महानगरीय अपराध महाशाखा र काठमाडौं प्रहरीको टोली खटिएको छ । यस अघि पनि त्यहि क्षेत्र नजिकै एक पुरूषकाे हत्या भएकाे थियाे । दाङका कृष्ण बहादुर बाेहाेराकाे हत्या भएकाे १ हप्तामै फेरि २४ बर्षीय युवककाे हत्या भएकाे हाे ।

Related Articles

Back to top button
Close