News

आयुर्वेदिक औषधिले ३३ संक्रमितले ७ दिनमा नै जिते कोरोनालाई, अन्य बिरामीको अवस्था पनि धमाधम सुधार

काठमाडौ साउन ३१ । आयुर्वेद चिकित्साप्रति मानिसको विश्वास गुमिरहेको समयमा कोरोना सङ्क्रमण भएका बिरामीलाई भने आयुर्वेदिक औषधिले फाइदा गरेको छ । कीर्तिपुरस्थित आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रमा भर्ना भएका कोरोना सङ्क्रमित ३३ जना सात दिनमै निको भएर घर गएका छन् । अरु पनि निको भएर जाने क्रम बढ्दो छ ।

आयुर्वेद अनुसन्धान अस्पतालका अनुसन्धान अधिकृत डा। अमितमान जोशी भन्छन्, ‘आयुर्वेदिक औषधिमा विभिन्न रोगप्रतिरोध क्षमता बढाउने जडीबुटीको प्रयोग हुने भएको कारण कोरोनासँग लड्न सक्ने क्षमता चाँडो विकास भई निको भएको हो ।’ आजको गोरखापत्र दैनिकमा यलु जोशीले खबर लेखेका छन् ।

उहाँका अनुसार कोरोना सङ्क्रमणका कारण भर्ना भएपछि आयुर्वेद विज्ञ चिकित्सक टोलीबीच छलफल गरी श्वासप्रश्वाससम्बन्धी रोगमा प्रयोग हुने र रोग प्रतिरोधी क्षमता बढाउने जडीबुटी मिलाएर बनाइएको औषधि सेवन गर्न दिइएको थियो । त्यसको सात दिनपछि पीसीआर परीक्षण गराउँदा सबैको रिपोर्ट नेगेटिभ आएको डा।जोशीले जानकारी दिए।

कोरोना सङ्क्रमण पुष्टि भएपछि भक्तपुरकी २२ वर्षीय नर्स कीर्तिपुरस्थित आयुर्वेद अनुसन्धान अस्पतालमा भर्ना हुनुभयो । आफूले बिरामीलाई एलोपेथिक औषधिमात्र सेवन गर्न दिने गर्ने गरको उहाँले कहिले पनि आयुर्वेदिक औषधि प्रयोग गर्नुभएको थिएन । आयुर्वेदिक चिकित्सकहरूको सल्लाहबमोजिम सोही औषधि सेवन गरको र अहिले आफूलाई समस्या नभएको बताए। आफू १० दिनमा डिस्चार्ज भएको जानकारी दिँदै दैनिक तीन पटक दुई वटा औषधि खाएको र त्यसैले कोरोनालाई सजिलै जित्न सकेको उनले बताए। ‘अहिलेसम्म पनि कुनै पनि नराकात्मक असर देखा परेको छैन भने मैले आफ्नो नर्सको ड्युटी पनि समालिसकेको छु,’ उहाँले भने ।

उनी मात्र होइन बाग्लुङका ३५ वर्षीय जङ्गबहादुर केसीलाई पनि कोरोनालाई जित्न आयुर्वेदिक औषधिले धेरै मद्दत गरेको बताउँछन्। कतारबाट नेपाल आएको केसी भक्तपुरस्थित राधेराधेमा होल्डिङ सेन्टरमा बसेपछि पीसीआर टेस्ट गराउँदा पोजिटिभ देखेको थियो । खासै कुनै कोरोनाको लक्षण नदेखिएको र उनले अस्पतालमा हुँदा तातो पानीमा बेसार र नुन हालेर दैनिक रुपमा खान्थे ।

Related Articles

Back to top button
Close