News

बागलुङकि एक महिलामा कोरोनाको संक्रमण देखियो

बागलुङमा थप एक महिलामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ ।

उनको द्रुत परीक्षण (र्‍यापिड डाइगोनोस्टिक टेष्ट) गर्दा पोजेटिभ देखिएको हो ।
जिल्लाको काठेखोला गाउँपालिकामा आइतबार ५७ जनाको द्रुत परीक्षण गरिएकोमा एक मात्र काठेखोला–६ की ६५ वर्षीया महिलामा कोरोना संक्रमण पोजेटिभ देखिएको कार्यपालिका सदस्य टीकासंगम बिकले जानकारी दिए।

र्‍यापिड टेष्टमा पोजेटिभ देखिएपछि अहिले महिलालाई गाउँपालिकाकै क्वारेन्टाइनमा राखिएको छ। उनी केही साता अघि मात्रै गाउँका सर्वसाधारणसँगै मिलेर भारतको तीर्थयात्राबाट फर्किएकी बुझिएको छ ।

रिपोर्ट पोजेटिभ देखिएकी महिलाको पुनः स्वाब संकलन गरेर थप परीक्षणका लागि पोखरा वा काठमाडौं पठाउने तयारीमा रहेको बागलुङका प्रमुख जिल्ला अधिकारी गौलोचन शैजुले जानकारी दिए।

Related Articles

Back to top button
Close