News

छोरा आइसोलेसनमा, आमाको श,व उठाउने कोही भएन, पुगेनन् छिमेकी पनि

३२ साउन, विराटनगर । विराटनगर महानगरपालिका–३ की ८७ वर्षीया वृद्धाको मृ’त्यु भएको छ । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएकी वृद्धाको शनिबार राति मृ’त्यु भएको हो । मृ’तक वृद्धाकी छोरामा कोरो’ना पोजेटिभ देखिएपछि आइसोलेसनमा छन् ।उनको स्याहारमा बसेकी बुहारीलाईपनि आइतबार बिहान कोरो’ना पोजेटिभ रिपोर्ट आएको छ । वृद्धाको रिपोर्टनेगेटिभ आए पनि पुनः परीक्षण गर्न स्वाब संकलन गरिएको छ ।

कोरो’ना सं’क्रमण पुष्टिभएपछि उनका ५६वर्षीय छोरालाई मंगलबारनै मारवाडी सेवा सदनको आइसोलेसनमा लगिएको छ ।छोरा आइसोलेसनमा रहेकै अवस्था मा आमाको शनिबार राति ९ बजेतिर आफ्नै घरमा मृ’त्यु भएको हो । छोरालाई आइसोलेसनमा भर्ना गरिएपछि ज्वरो आउने लगायत कोरोनासँग मिल्ने लक्षण देखिएकाले बुधबार वृद्धाको पनि पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको थियो ।

मृत्युपछि कोरो’ना रिपोर्ट नेगेटिभ देखियो तर पुनः परीक्षणको तयारी छ ।वृद्धा महिलाको स्याहारमा बसेकी बुहारीको रिपोर्ट पोजेटिभआएको विराटनगर–३ का अध्यक्ष विनोदकुमार बस्नेतले बताए । बुहारी घरमै छिन् ।

पुगेनन् छिमेकी -८७ वर्षीया खतिवडा थरकी वृद्धा महिलाको शनिबार राति मृ’त्यु भए पनि सहानुभूति प्रकट गर्न न छिमेकी पुगेका छन्, न त अन्य आफन्त नै । विराटनगर–३ का अध्यक्ष बस्नेतका अनुसार वृद्धाको स्यहारमा बसेकी बुहारी र छोरामा कोरो’ना देखिएका कारण छिमेकीहरु पुगेका छैनन् । ‘छिमेकीहरु जान डराइरहेका छन् । हिजोदेखि घरमै छ श’व,’ उनले भने, ‘के गर्ने भनेर हामी सल्लाह गर्दैछौं ।’

सं’क्रमण पोजेटिभ देखिएका मृ’तकको श’व नेपाली से’नाले व्यवस्थापनगर्दै आएको छ । नेगेटिभ देखिए श’व आफन्तलाई जिम्मा लगाइँदै आएको छ । तर छिमेकी जान डराएका कारण वृद्धाको अ’न्त्येष्टिमा समस्या देखिएको हो ।

मंगलबारदेखि छोरा आइसोलेसनमा-प्रदेश १को पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयका अधिकृतसमेतरहेका वृद्धाका छोरा आइसोलेसनमा छन् ।उनी चालक र कार्यालयका अरु दुई अधिकृतसहित गत साउन १८ गते कृषि र भेटेरिनरीको अ’नुगमन निरीक्षणका लागि ओखलढुंगा र सोलुखुम्बु गएका थिए ।

चार जनाको टोलीमध्ये चालकसहित दुई जनालाई ज्वरो आएको थियो । विराटनगरमा सोमबार परीक्षणका लागि स्वाब दिएका थिए । मंगलबार पोजेटिभ आए पछि उपचारका लागि उनलाई भने आइसोलेनसमा भर्ना गरिएको थियो ।

Related Articles

Back to top button
Close