News

आजबाट मासु र चिया पसल पनि खोल्न नपाइने, हेर्नुहोस् विज्ञप्ति

काठमाडौं । देशभर कोरोना संक्रमणको दर ह्वात्तै बढीरहेका बेला काठमाडौँमा भने भयाभह नै भएको छ । लकडाउनसम्म खासै संक्रमितहरु फेला नपरेको काठमाडौँमा लकडाउनपछि भने भारत र तराईका जिल्ला हुँदा काठमाडौँ मनपरी तरिकाले प्रवेश गर्नेहरुको संख्या बढेसँगै काठमाडौंमा अहिले दिनकै करिब २ सय हाराहारीमा संक्रमितहरु भेटीन थालेका छन् ।

जसका कारण अस्पतालमा शैह्याको समेत अभाव हुन थालेका बेला बल्ल नाका सिल गर्न थालिएको छ । कोरोना संक्रमण दर बढेसँगैकाठमाडौँको कागेश्वरी मनहरा नगरपालिकाले लकडाउनलाई थप कडाई गर्दै चिया पसलहरु, मासु पसल, सैलुन, स्टेसनरी पसल, कपडा पसल लगायत संचालन गर्न निषेध गरेको छ । यो नियम आजदेखि १५ गतेसम्म नगरपालिकाभित्र लागू हुनेछ । हेर्नुहोस् विज्ञप्ति

Related Articles

Back to top button
Close