News

म्युजिक भिडियोमा राष्ट्रिय झण्डा जलाउने पात्र प्रहरीको खोरमा

देशद्रोही’ शीर्षकमा सार्वजनिक एक गीतमा नेपालको राष्ट्रिय झण्डा जलाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्ने व्यक्तिको नाम खुलाइएको छैन । उनलाई महानगरिय अपराध महाशाखा, काठमाण्डौको टोलीले पक्राउ गरेको हो । मंगोल हप अफिसियल नामक युटुब च्यानलबाट सोमबार उक्त भिडियो अपलोड गरिएको हो ।

यो पनि पढ्नुहोस काँस्की – पोखरामा कोरोनाबाट थप एक जनाको ज्यान गएको छ । तनहुँकी महिलाको मृत्यु पश्चात कोरोना पुष्टि भएको हो । तनहुँको व्यास नगरपालिका १ निवासी ५० वर्षीया महिला पोखरा १० स्थित कास्की सेवा हस्पिटल एण्ड रिसर्च सेन्टरमा उपचार गराइरहेकी थिइन् । हिजो सोमबार राति ११ बजेर ३६ मिनेटमा अस्पतालमै उपचारको क्रममा उनको मृत्यु भएको थियो ।

अस्पताल स्रोतका अनुसार उनलाई निमोनिया भएपछि अस्पतालमा ल्याइएको थियो । उनी साउन ३२ देखि उपचाररत थिईन् । महिलामा मधुमेहसँगै मुटुरोगको समस्या रहेको पनि श्रोतले जनाएको छ । उनको निधनपछि ती महिलामा कोभिड १९ पोजिटिभ देखिएको छ । यसबारे क्षेत्रीय स्वास्थ्य निर्देशनालयले आधिकारिक जानकारी दिन भने बाँकी नै छ ।

तस्वीर : कृष्ण न्यौपाने/ स्वास्थ्य निर्देशनालय
नेपाली सेनाले नै आज उनको अन्तिम संस्कार गर्नेछ । यसको लागि तयारी भइरहेको बताइएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ । अहिले नेपाली सेनाले उनको शवको अन्त्येष्टको तयारी गरेको छ ।

तस्वीर : कृष्ण न्यौपाने/ स्वास्थ्य निर्देशनालय

तस्वीर : कृष्ण न्यौपाने/ स्वास्थ्य निर्देशनालय

Related Articles

Back to top button
Close