News

काेराेना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतककाे संख्या १ सय १४ पुग्याे

नेपालमा काेराेना संक्रमणबाट थप सातजनाको मृत्यु भएको छ। काभ्रे, नवलपरासी, मोरङ, धनुषा, बाँके र कास्कीका एकरएकजना पुरुषको मृत्यु भएको हो। त्यस्तै तनहुँमा एक महिलाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।यससँगै नेपालमा कोभिड-१९ बाट मृत्यु हुनेको संख्या ११४ पुगेको छ।

नेपालमा पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर) गरी २ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा १ सय ३८, ललितपुरमा ५० र भक्तपुरमा १७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा मंगलबार थप १ हजार १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २८ हजार २५७ पुगेको छ । सक्रिय संक्रमितको संख्या १० हजार ५६३ रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । यसअघि सोमबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या २७ हजार २४१ थियो ।

पछिल्लो २४ घण्टामा थप ८५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १७ हजार ५८० पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। यसअघि सोमबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १७ हजार ४९५ थियो ।

Related Articles

Back to top button
Close