धन, बुद्धि र व्यापार वृद्धिका लागि बुधबारका दिन गर्नुहाेस यस्ता काम
हिन्दू शास्त्रमा प्रत्येक बारलाई प्रत्येक देवी देवतासँग जोडिएर हेरिने गरिन्छ। आइतबार सूर्य नारायण, सोमबार शिव भगवान र मंगलबार गशेण भगवानको पूजा आराधना गरिन्छ। त्यस्तै बुधबार विशेष गरी विथाल–देव (कृष्णको अवतार) को पूजा गरिन्छ।
बुधबारको दिन बुध ग्रहप्रति समर्पित छ। बुधबारको व्रत बुधग्रहको कुप्रभावको शान्तिकामनाका निम्ति एवं धन, बुद्धि, विद्या र व्यापार वृद्धिका लागि पालना गर्ने गरिन्छ।
कुनै नयाँ कामको थालनीका लागि बुधबारको दिन अति शुभ मानिन्छ। साथै यस दिन कृष्ण भगवानको व्रत बस्नेले आफुले चाहेको फल प्राप्त गर्ने धार्मिक विश्वास गरिन्छ। यो व्रत विशाखा नक्षत्रयुक्त बुधबारबाट सुरु गर्नुपर्दछ । यसलाई कमसेकम ७ वटा बुधबारसम्म लिएर मात्र उद्यापन गर्नु पर्दछ।
पूजा गर्दा ध्यान दिनुहोस् यी कुरा
व्रत सुरु गर्ने दिन बिहान स्नान गरी शुद्ध हुनुहोस् । त्यसपछि हरियो कपडा लगाएर भगवानसामु विष्णु नाम जप गर्नु पर्दछ। ‘ॐ बुधाय नमः’ मन्त्र उच्चारण गर्नु पर्दछ। यो व्रतमा पनि एकछाक नुन बार्नु पर्दछ। भोजनमा घ्यू, मुंगको दाल अथवा मुंगको दालबाट बनेका परिकार ग्रहण गर्नु पर्दछ । दान गर्दा पनि यिनै चीजहरू दान गर्नुपर्दछ। अन्तिम बुधबारचाहिँ दही, घ्यूले हवन गरी हरियो कपडा दान गर्नु पर्दछ । गाई छ भने गाईलाई सेवा गर्ने गर्नु पर्दछ।
किम्वदन्तीअनुसार एक पटक सुसुराली गएकी आफ्नी श्रीमतीलाई लिन गएका एक व्यक्तिले बुधरबारको दिन जबरजस्ती श्रीमतीलाई घर ल्याएको र त्यसक्रममा ति व्यक्तिलाई बुध भगवानले परीक्षा लिएको प्रसंग जोडिएको छ। बुधबारको दिन यात्रा गर्न नहुने तर उसले त्यही दिन श्रीमतीलाई सुसुरालीबाट ल्याएको हुँदा बुध भगवानले उनको परीक्षा लिएका हुन्छन्।