News

राष्ट्रकविको राष्ट्रिय सम्मानसहित अन्त्येष्टि

राष्ट्रकवि माधवप्रसाद घिमिरेको राष्ट्रिय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

नेपाली सेनाको मानार्थ सहायक रथीसमेत रहेका घिमिरेलाई अन्त्येष्टिमा नेपाली सेना र सशस्त्र प्रहरीको एक–एक टुकुडीले सम्मानमा सलामी अर्पण गरेको थियो ।

अन्त्येष्टिअघि उपप्रधानमन्त्री ईश्वर पोखरेलले घिमिरेको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान प्रकट गरेका थिए । राष्ट्रकवि घिमिरेको मंगलबार साँझ काठमाडौंको कपुरधारास्थित आफ्नै निवासमा निधन भएको थियो ।

राष्ट्रकवि माधव प्रसाद घिमिरेको निधन भएको छ । मंगलबार साँझ ५ बजेर ५५ मिनेट जादा उनको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको हो ।

उनको १०१ बर्षको उमेरमा निधन भएको हो । घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार, कवि र गीतकार हुन् । उनले साहित्यका कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख९प्रबन्धजस्ता अनेकौं विधा-उपविधाहरुमा निरन्तर कलम चलाउदै आएका थिए ।

राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ। उनको मंगलबार काठमाडौंको लैनचौरस्थित निवासमै निधन भएको हो। राष्ट्रकवि घिमिरेको मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा निधन भएको उनका छोरा राजीव घिमिरेले बताएका छन्।

वि.सं. १९७६ असोज ७ गते लमजुङको पुस्तुनमा जन्मिएका राष्ट्रकवि घिमिरे २०७५ असोजमा सय वर्षमा प्रवेश गरेका थिए। छोरा राजीव घिमिरेका अनुसार उनको १०१ वर्षमा निधन भएको हो।

Related Articles

Back to top button
Close