घाँस काट्न नेपाल छिरेका भारतीय महिला माथि प्रहरीलाई शंका लागेर चेकजाँच गर्दा यस्तो भेटियो
अस्थायी प्रहरी पोष्ट महादेवपट्टीबाट प्रहरी सहायक निरिक्षक मनोज कुमार सिंहको कमाण्डमा खटिएको प्रहरी टोलीले उनीहरुलाई गौर नगरपालिका वडा नं. ३ महादेवपट्टीस्थित दशगँजा क्षेत्रमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
घाँस काट्न नेपाल छिरेका भारतीय महिलाबाट प्रहरीले श्रोत नखुलेको लाखौ रकम बरामद गरेको छ। श्रोत नखुलेको ६ लाख ४० हजार सहित २ जना भारतीय महिलालाई रौतहट प्रहरीले बुधबार पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा भारत विहार स्थित सितामढी जिल्ला बैरगनिया ग्राम पन्चायत वडा नम्बर १ सिन्दुरीयाकी ४५ वर्षीया शान्ती देवी र सोही स्थान बस्ने वर्ष ४५ वर्षीया मिना देवी रहेकी छन्।
प्रहरीको आँखा छलेर घाँस काट्न बाहानामा नेपाल प्रवेश गर्न लागेका उनीहरुको गतिविधि देखेर शंका लागेपछि प्लाष्टिकको झोला चेकजाँच गरिएको र त्यसक्रममा ६ लाख भन्दा बढी रकम फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख प्रहरी उपरिक्षक रविराज खड्काले बताए।उनीहरुले श्रोत नखुलेको रकम के प्रयोजनको लागि बोकेका थिए भन्ने खुलिसकेको छैन। त्यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ।