News

महानगर बन्द गरेर तीज मनाउन माइत पुगीन् प्रचण्ड पुत्री रेणु

चितवन । यतिबेला काठमाडौँ उपत्यका लगायत देशका ठूला शहरुहरुमा कोरोना कहरका कारण निषेधाज्ञा जारी गरिएको छ । कोरोना भाइरसको सङ्क्रमण बढेसँगै काठमाडौँ उपत्यकामा गएरातीदेखि निषेधाज्ञा जारी गरिएको छ भने साउन ३० गते रातिदेखि भरतपुर महानगरपालिकामा निषेधाज्ञा जारी गरिएको छ ।

तर निषेधाज्ञा जारी गरिएकै समयमा नेकपा अध्यक्ष प्रचण्ड पुत्री तथा चितवन महानगरकी प्रमेख रेणु दाहाल भने कोरोना नियन्त्रणमा लाग्नुको सट्टा महानगर बन्द गरेर सुटुक्क माइत हानिएकी छिन् । महानगर प्रमुख दाहालले तीज पर्वको शुभकामना दिँदै नगरबासीलाई घरघरमा बसेर मास्क, स्यानिटाइजरको प्रयोग गर्न, भौतिक दुरी कायम गरी तीज पर्व मनाउन विनम्र अनुरोध गर्दै आँफुभने सुटुक्क माइती देश हानिइन् ।

महानगरमा आक्कल–झुक्कल माइत हिँड्नेलाई प्रहरीले सातो लिइरहेका बेला रेणुलाई भने न कुनै प्रहरीले रोक्यो, न कुनै कानुनले छेक्यो । किनकी उनी प्रमुख जो हुन् । प्रमुखसँग डाँडु पनियोको चाबी जो छ । नागरिकलाई घरमै बस्न उर्दी जारी गरेर आफू भने सुटुक्क माइत पुगेको भन्दै महानगरभित्र उहाँको आलोचना भइरहँदा रेणुले थाहा पाउन के गरिन् होला ? फेसबुकमा माइती देशका तस्विर पोष्ट गरेपछि आएका लाइक कमेन्ट हेर्दा एक पटक अवश्य महानगरबासीको गुनासो पो सुन्ने होकी मेयर ज्यू !

Related Articles

Back to top button
Close