News

हङकङमा साढे ७० लाख मानिसको निशुल्क कोरोना परीक्षण गरिने

हङकङ : हङकङले आफ्ना ७० लाख ५० हजार नागरिकको निशुल्क कोरोना परीक्षण गर्ने भएको छ ।

annapurna post

शुक्रबार यहाँका नेताले यस्तो आग्रह गरेका हुन् । तर कति चिनियाँ कम्पनीबाट यस्तो सुविधि दिइनेछ भन्नेबारे बताइएको छैन । हङकङमा अहिले तेस्रो लहरको कोरोना महामारी फैलिएको बताइन्छ । हङकङकी नेत्री क्यारी लामले निशुल्क आम परीक्षण यही सेप्टेम्बरको पहिलो दुई साता गरिने बताएकी हुन् ।

यहाँ अझै धेरै संख्यामा समुदायस्तरमा सुस्त रुपमा कोरोना फैलिएको उनले बताएकी छन् । हङकङकी स्वास्थ्यमन्त्री सोफिया चानले भने यसअघि नै ५० लाख मानिसको कोरोना परीक्षण गरिने बताएकी थिइन् ।

Related Articles

Back to top button
Close