News

कोरोना इतिहासमा भयो यस्तो चमत्कार, सत्य थाहाँ पाउँदा चिकित्सकहरु समेत्त दंग

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा रहेको कोरोना भाइरसका कारण वृद्धवृद्धाहरु धेरै प्रभावित हुने गरेको बताइन्छ । भारत, महाराष्ट्रको औरंगाबाद नजिकै जालना जिल्लाकी एक १०७ वर्षीया महिला कोरोना भाइरस (कोभिड–१९) मुक्त भइन् । ति महिलालाई कोरोनाबाट निको हुन ठूलो चुनौती थियो किनभने एक हप्ता अघि उनीको स्पाइन सर्जरी भएको थियो ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार जिल्ला सिभिल सर्जन अर्चना भोसलेले भने कि भर्खरै मेरुदण्डको शल्यक्रिया गर्नुपर्दा वृद्धा महिलालाई कोरोना भाइरस संक्रमण पाइएको थियो । शल्यचिकित्सकले भने कि यस उमेरमा महिलालाई कोरोनामुक्त हुन धेरै ठुलो चुनौती थियो । चिकित्सकहरु पनि हैरान भएका छन् ।

कोरोना भाइरस महामारी यस उमेरका व्यक्तिहरुका लागि धेरै नै असरदार साबित भएको छ । किनकि पहिलेदेखि भएका धेरै रोगले गर्दा वृद्धवृद्धाहरूलाई कोरोनाबाट निको हुन गाह्रो छ । जालनाका एक वृद्ध महिला कोरोनाभाइरसबाट निको हुन सकेकी छैनन् । तर उनकी ७८ वर्षीया छोरी, ६५ छोरा र दुई नातिनातिनाहरू, २७ र १७ वर्षका, पनि कोरोनाभाइरसमुक्त भएका छन् । एक वृद्धका छोराले भने, ‘हामीले सारा आशा गुमायौं । मेडिकल स्टाफले देखाएको समर्पणले गर्दा हामी बच्न सक्यौं । यो चमत्कारबाट कम छैन ।’

भारतमा अहिलेको ताजा जानकारी अनुसार कोरोना संक्रमितहरुको संख्या २९ लाख १० हजार भन्दा धेरै पुगेको छ । कुल संक्रमितमध्य ५५ हजार भन्दा धेरैको मृत्यु भैसकेको छ । अर्को तिर २१ लाख ६० हजार भन्दा धेरै जना निको पनि भैसकेका छन् । गएको २४ घण्टामा भारतमा ६८ हजार भन्दा धेरै संक्रमित फेला परेका थिए । बिहीबार मात्रै भारतमा ९८१ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् । News Source

Related Articles

Back to top button
Close