News

समयमै भेन्टिलेटर नपाउँदा वडाअध्यक्षको मृत्यु

इटहरी : समयमै भेन्टिलेटर नपाउँदा कोशी गाउँपालिका २ का वडा अध्यक्ष ४५ वर्षीय हिरालाल यादवको ज्यान गएको छ। हर्टअट्याक भएपछि भेन्टिलेटर खोज्दै बिर्तामोड पुर्‍याइएका यादवको बीएण्ड सी अस्पतालमा ज्यान गएको गाउँपालिका अध्यक्ष अयुब अन्सारीले जानकारी दिए।

यादवलाई दिउँसो घरमै बसेको समयमा हर्टअट्याक भएको थियो। कोरोना संक्रमणका कारण धरान र विराटनगरका अस्पतालमा भेन्टिलेटर नपाइएपछि उनलाई झापाको बीएण्ड सी अस्पताल पुर्‍याइएको थियो। तर त्यहाँ पनि उपाय नभएपछि अस्पतालबाट फर्काउने क्रममा यादवको मृत्यु भएको अन्सारीले जानकारी दिए।

गाउँपालिका अध्यक्ष अन्सारीले नेपाली काँग्रेसले एक असल नेता गुमाएको भन्दै दुःख व्यक्त गरेका छन्।

Related Articles

Back to top button
Close