News

कागेश्वरी-मनोहरामा समुदायमै फैलियो कोरोना, खहरेदेखि वीरेन्द्रचोकसम्म सिल

काठमाडौं : कागेश्वहरी-मनोहरा नगरपालिकामा समुदायस्तरमै कोरोना भाइरस (कोभिड-१९) संक्रमण फैलिएको पाइएको छ। एकै वडाका ४२ जनामा संक्रमण फैलिएसँगै कागेश्वरीमा संक्रमितको संख्या ८२ पुगेको नगर प्रवक्ता राजाराम पुडासैनीले जानकारी दिए।

annapurna post

समुदायस्तरमा कोरोना संक्रमण देखिएपछि केही ठाउँमा सिल गरिएको छ। प्रवक्ता पुडासैनीले भने,’ खहरेचोकदेखि वीरेन्द्रचोकसम्म पूरै सिल गरिएको नगरपालिकाले जनाएको छ। नगरपालिकाको ९ स्थित वीरेन्द्रचोकदेखि गान्धी मोड हुँदै खहेरे चोकसम्म एम्बुलेन्स बाहेक सम्पूर्ण यातायात र आवागमन पूर्ण रुपले निशेष गरिएको छ.’

उनका अनुसार नगरपालिकाको ७ र ९ नम्बर वडामा समुदायस्तरमै सबैभन्दा बढी कोरोना संक्रमण देखिएको छ। नगरपालिका-९ स्थित वीरेन्द्र चोक आसपासमा मात्रै ४२ जना संक्रमित भेटिएका छन्। ट्राभल हिस्ट्री नै नभएकामा पनि कोरोना संक्रमण देखिएको छ। प्रवक्ता पुडासैनीले भने, ‘ट्राभल हिस्ट्री’ नभएकालाई पनि संक्रमण भएको छ, कागेश्वरी-९ मा एउटै घरका ५ देखि ७ जनासम्म संक्रमण देखिएको छ।’

त्यसैगरी वडा नम्बर ७ अम्बरसिंह चोक क्षेत्रमा २० जना कोरोना संक्रमित भेटिएका छन्। नगर प्रवक्ता पुडासैनीका अनुसार नगरपालिकामा हालसम्म संक्रमितमध्ये ३० जना डिस्चार्ज भएका छन् भने १० जना आइसोलेसनमा र ५१ जना क्वारेन्टाइनमा छन्। आइतबार थप रिपोर्ट आउने नगरपालिकाले जनाएको छ। एकजनाको भने कोरोनाबाट मृत्यु भएको छ।

नगरपालिकामा प्रत्येक हप्ताको सोमबार र शुक्रबार बिहान ९ बजे देखि १ बजेसम्म पीसीआर परीक्षण हुँदै आएको छ। नगरपालिका ६ स्थित मुलपानीस्थित नगर अस्पतालमा नगरवासीको कोरोना परीक्षण हुँदै आएको छ।

कुन वडामा कति संक्रमित

वडा नं. १ मा महिला २ जना र पुरूष २ जना

वडा नं. २ महिला छैन र पुरूष ३ जना

वडा नं. ३ महिला छैन र पुरूष १ जना

वडा नं. ४ महिला छैन र पुरूष २ जना

वडा नं. ५ महिला छैन र पुरूष १ जना

वडा नं. ६ महिला ३ जना र पुरूष ७ जना

वडा नं. ७ महिला ८ जना पुरूष ९ जना

वडा नं. ८ महिला २ जना पुरूष ५ जना

वडा नं. ९ महिला ६ जना पुरूष २५ जना

– महिला २१ जना
– पुरूष ५५ जना

भाद्र ५ गतेसम्म ७६ जना मात्र।

annapurna post
annapurna post
थप समाचार
धुलिखेलमा बागमती प्रदेशको जनस्वास्थ्य प्रयोगशाला स्थापना
धुलिखेलमा बागमती प्रदेशको जनस्वास्थ्य प्रयोगशाला स्थापना
समाज / बागमती / ०७ भदौ २०७७
स्वाब दिएर घर आएकामा कोरोना संक्रमण, गाउँ नै सिल
स्वाब दिएर घर आएकामा कोरोना संक्रमण, गाउँ नै सिल
स्वास्थ्य / सुदूरपश्चिम / ०७ भदौ २०७७
ट्रम्पमाथि उनकी दिदीको टिप्पणी : उसको कुनै सिद्धान्त छैन, क्रूर व्यक्ति हो ऊ
ट्रम्पमाथि उनकी दिदीको टिप्पणी : उसको कुनै सिद्धान्त छैन, क्रूर व्यक्ति हो ऊ
विदेश / ०७ भदौ २०७७

सम्बन्धित समाचारहरु२४ घण्टामा ८१८ जनामा कोरोना संक्रमण : २८१ डिस्चार्जकाठमाडौं उपत्यकामा थप १६६ जनामा कोरोना संक्रमणविराटनगरका ४२ सहित प्रदेश १ मा ७० जनामा कोरोना संक्रमणसर्पको टोकाइबाट एकको मृत्यु, एक घाइतेकोरोना कहर : सुनसरीमा तेस्रोपटक निषेधाज्ञासप्तरीमा दुई स्वास्थ्यकर्मीसहित १० जनामा कोरोना संक्रमण
लोकप्रिय
सीपीएल : सन्दीप र रसेलको उत्कृष्ट प्रदर्शन, टोलीको लज्जास्पद हार

सीपीएल : सन्दीप र रसेलको उत्कृष्ट प्रदर्शन, …
खेलकुद / भदौ ०७ २०७७
कता जाँदै छ समाज ?

कता जाँदै छ समाज ?
स्वास्थ्य / भदौ ०७ २०७७
समयमै भेन्टिलेटर नपाउँदा वडाअध्यक्षको मृत्यु

समयमै भेन्टिलेटर नपाउँदा वडाअध्यक्षको मृत्यु
स्वास्थ्य / प्रदेश १/ भदौ ०६ २०७७
दुर्गेशलाई एकसाथ दुई सफलता : ट्रेन्डिङ–१ र करोड भ्यूज

दुर्गेशलाई एकसाथ दुई सफलता : ट्रेन्डिङ–१ र कर…
मनोरञ्जन / गण्डकी/ भदौ ०६ २०७७
माधव नेपालको सुरक्षामा खटिएका ९ प्रहरीलाई कोरोना

माधव नेपालको सुरक्षामा खटिएका ९ प्रहरीलाई कोर…
स्वास्थ्य / भदौ ०६ २०७७
annapurna post
भर्खरै
कोरोना अपडेट : स्वास्थ्य मन्‍त्रालयको पत्रकार सम्‍मेलन (लाइभ)

कोरोना अपडेट : स्वास्थ्य मन्‍त्रालयको पत्रकार…
भर्खरै / ०७ भदौ २०७७
विराटनगरका ४२ सहित प्रदेश १ मा ७० जनामा कोरोना संक्रमण

विराटनगरका ४२ सहित प्रदेश १ मा ७० जनामा कोरोन…
स्वास्थ्य / प्रदेश १/ ०७ भदौ २०७७
सर्पको टोकाइबाट एकको मृत्यु, एक घाइते

सर्पको टोकाइबाट एकको मृत्यु, एक घाइते
स्वास्थ्य / प्रदेश २/ ०७ भदौ २०७७
डडेलधुरा अस्पतालको प्रयोगशालामा थप ३३ जनामा कोरोना पुष्टि

डडेलधुरा अस्पतालको प्रयोगशालामा थप ३३ जनामा क…
समाज / सुदूरपश्चिम/ ०७ भदौ २०७७
कोरोना कहर : सुनसरीमा तेस्रोपटक निषेधाज्ञा

कोरोना कहर : सुनसरीमा तेस्रोपटक निषेधाज्ञा
स्वास्थ्य / प्रदेश १/ ०७ भदौ २०७७
annapurna post
सप्तरीमा दुई स्वास्थ्यकर्मीसहित १० जनामा कोरोना संक्रमण

सप्तरीमा दुई स्वास्थ्यकर्मीसहित १० जनामा कोरो…
स्वास्थ्य / प्रदेश २/ ०७ भदौ २०७७
बोक्सीको आरोपमा महिलामाथि निर्घात कुटपिट

बोक्सीको आरोपमा महिलामाथि निर्घात कुटपिट
स्वास्थ्य / प्रदेश २/ ०७ भदौ २०७७
सप्त ऋषिको पूजासँगै तीज सकियो

सप्त ऋषिको पूजासँगै तीज सकियो
स्वास्थ्य / गण्डकी/ ०७ भदौ २०७७
भारतका फरार ‘बलात्कारी बाबा’ले आफ्नै नामको पैसा बनाएर बाँड्न थाले

भारतका फरार ‘बलात्कारी बाबा’ले आफ्नै नामको पै…
विदेश / ०७ भदौ २०७७
६७ वर्षीय वृद्ध, जसले चितुवासँग लडेरै ज्यान बचाए
१०
६७ वर्षीय वृद्ध, जसले चितुवासँग लडेरै ज्यान ब…
समाज / प्रदेश २/ ०७ भदौ २०७७
annapurna post
कर्पोरेट टावर, तीनकुने, काठमाडौं
पोष्ट बक्स नं २४९९९
फोन ४४८२३०५/४४८२२०७/४४८२१९९

Related Articles

Back to top button
Close