News

कोरोनाको जड मानिएको बुहानको संदिग्ध ल्याबसँग अमेरिकी कनेक्सनको सनसनीपूर्ण खुलासा

काठमाण्डौ । कोरोनाभाइरस सबैभन्दा पहिले चीनको वुुहानबाट फैलिएको थियो । कोरोना फैलिएपछि चीनले यो भाइरस वुहानको जंगली जनावरको मासुु बजारबाट मानिसमा सरेको दाबी गर्यो । चीनको यो दाबीपछि यस्तो भाइरस चमेरोमा पाइने तथ्य पत्ता लाग्यो, त्यसैले यो भाइरस चमेरोबाट मानिसमा आएको भन्ने विश्वास गर्न थालियो ।

यसको केही समयपछि यो भाइरस चीनको एक प्रयोगशालाबाट लिक भएको भनेर चीनमाथि गम्भीर प्रश्न उठ्न थाल्यो । यो प्रयोगशाला जंगली जनावरको मासुु बजार भएको ठाउँबाट केही दूरीमा मात्रै भएकाले प्रयोगशालालाई भाइरस फैलाउन जिम्मेवार ठहराइएको थियो ।

यो चीनको ठूलो र आलिसान प्रयोगशाला हो र यहाँ यस्ता भाइरससँग सम्बन्धित विभिन्न अनुसन्धानहरु हुुने गर्दछन् ।

अहिले यो संदिग्ध प्रयोगशालाको अमेरिकासँग सम्बन्ध रहेको तथ्यको खुुलासा भएको छ । डेलि मेलले आफ्नो रिपोर्टमा केही गोप्य दस्ताबेजबाट प्राप्त जानकारीका अनुुसार अमेरिकी सरकारले भाइरसमाथि अनुुसन्धान गर्ने यो प्रयोगशालालाई ४५ करोड रुपैयाँ दिएको दाबी गरिएको छ ।

केही विज्ञहरुले यो भाइरस चमेरोमाथि अनुुसन्धान गर्दाखेरी वुुहान इन्स्टीट्युुट अफ भाइरोलोजिबाट लिक भएको र पछि चीन सरकारले जंगली जनावरको मासुु बजारबाट फैलिएको भन्ने अफवाह फैलाएको दाबी गर्दै आइरहेका छन् ।

बेलायती प्रधानमन्त्री जोनसन बोरिसनको आपतकालिन कमिटी कोबराका एक सदस्यले पनि प्रयोगशालाबाट कोरोनाभाइरस फैलिएको सिद्धान्तमाथि विश्वास गर्न सकिने बताएका थिए ।

अमेरिकाले यो प्रयोगशालालाई पैसा दिएको भन्ने समाचारले आफूहरुलाई दुखी बनाएको उनले बताएका छन् ।

उनीहरुले यो पैसा प्रयोगशालामा हिंस्रक र खतरनाक जनावरमाथि अनुुसन्धान गर्न दिइएको बताएका छन् । अमेरिकी सांसद म्याट गेट्सले अमेरिकाले प्रयोगशालालाई दिएको ४५ करोडभन्दा बढी रुपैयाँलाई कोरोनाभाइरस फैलावटसँग जोडिएकोमा आफू दुखी भएको बताएका छन् ।

Related Articles

Back to top button
Close