News

स्कुटर दुर्घटना हुँदा शंकरको गयो ज्यान

बुटवल । रुपन्देहीमा स्कुटी दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ । ट्राफिक प्रहरी कार्यालय बुटवलका सूचना अधिकारी डीएसपी डिल्लीनारायण पाण्डेका अनुसार स्कुटी दुर्घटनामा ज्यान जानेमा तिलोत्तमा–२ शंकरनगरका ४० वर्षका शंकर कार्की रहेका छन् ।

बुटवलबाट मणिग्रामतर्फ जाँदै गरेको लु २६ प १४५५ नम्बरको स्कुटी गएराती मध्यरातमा दुर्घटनामा परेको र कार्कीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

कार्कीको स्कुटर दुर्घटनाको कारण भने अझै खुल्न नसकेको बताइएको छ ।

Related Articles

Back to top button
Close