News

प्रहरीको संरक्षणमा जबरजस्ती मन्दिर खोल्न लगाएर बिहे

बेनी : समुदाय स्तरमा तीब्र रुपमा कोरोना (भाइरस) फैलिरहेको अवस्थामा म्याग्दीको बेनी नगरपालिका-९ गलेश्वरमा बुधबार प्रहरीको दवाव र संरक्षणमा जबरजस्ति मन्दिर खोल्न लगाएर विवाह र भोज भतेर गरेका छन्। गत चैत ९ गतेदेखि पुजाआजाका लागि बन्द गरिएको गलेश्वर मन्दिर खुलाएर नागरिक समाज म्याग्दीका संयोजक सुदर्शनकुमार श्रेष्ठका छोरा सुदिप र नेपाल प्रहरीका सेवानिवृत्त प्रहरी निरिक्षक भीमबहादुर श्रेष्ठकी छोरी सरस्वतीको बिवाह गरेका हुन्।

annapurna post

कोरोना फैलिन नदिन सरकारले भोज, भतेर गर्न र मन्दिर लगायत धार्मिक स्थलमा पुजाआजाका लागि बन्द गरेको छ। अन्तर जिल्ला आवत जावतमा रोक लगाएको जिल्ला प्रशासन कार्यालयले एउटै घरमा भएका परिवारका सदस्यहरुको उपस्थितिमा मात्र चाडपर्व मनाउन सार्वजनिक सूचना जारी गरेको छ। संक्रमण रोकथामका लागि अगुवाई गर्नुपर्ने जिम्मेवार ब्यक्तिबाट सामान्य स्वास्थ्य सुरक्षा मापदण्डको पालना समेत नगरि प्रहरी र प्रशासनको संरक्षणमा धार्मिक संस्थामा बिवाह तथा होटेलमा भोज भतेर गरेका स्थानीयबासीले गुनासो गरेका छन्।

गलेश्वर शिवालय क्षेत्र विकास कोषका उपाध्यक्ष पण्डित भिमनाथ पराजुलीले कोषको अनुमति बिना प्रहरीको उपस्थितिमा प्रवेशद्धार खोलेर मन्दिर परिसरमा पुजा र बिवाह गराई भोज खान होटलमा गएका बताए।‘हामीले दिएका थिएनौ, गलेश्वर प्रहरी चौकीकै असई आएर ताला खोलेर मानिसहरुलाई भित्र लैजानुभयो,’ उनले भने ‘प्रहरीकै उपस्थितिमा आफैले बाहिरबाट पण्डित ल्याएर करिब आधा घण्टा धार्मिक बिधि अनुसार बिवाह गरेर गए।’

विवाह हुने अवधिसम्म गलेश्वर प्रहरी चौकीका असई गोर्वद्धन दुरा मन्दिर परिसरमा थिए। केटा र केटी पक्षका २५ जना भन्दा बढी मन्दिर परिसरमा पुगेका थिए। उनहरुले मास्क लगाएका र भौतिक दुरि कायम गरेका थिएनन्। मन्दिर परिसरमा बिवाह गरेपछि गलेश्वर स्थित शसस्त्र प्रहरीको क्याम्प अगाडी रहेको प्याराडाइज होटलमा भोज गरेका थिए। प्रहरीकै उपस्थितिमा जर्वजस्ति मन्दिर खोल्न लगाएर बिवाह गरिनु र शसस्त्रको क्याम्प अगाडी सँयौ मानिसहरु उपस्थित भएर करिब चार घण्टा भोज भतेर गर्दा समेत सुरक्षा निकाय तथा प्रशासनले उदाशिनता देखाको गलेश्वरका बासिन्दाले बताए।

प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले मन्दिरमा धेरै मानिस भेला भएर बिवाह गर्न लागेको सुचना पाउने बित्तिकै प्रहरी पठाएर रोक्न लगाएको र भोज भतेरमा तोकिएको भन्दा बढी संख्यामा भेला हुन नदिएको प्रतिक्रिया दिए। डिएसपी किरनजंग कुँवरले प्रहरीले बिवाह र भोज भतेर गराउन संरक्षण गरेको आरोपको खण्डन गर्दै धेरै मानिस भेला हुन नदिएको तर्क गरे। दुलाहका बुवा सुर्दशन श्रेष्ठले परिवारका सदस्यहरुको उपस्थितिमा मात्र बिवाह र माइति पक्षको आग्रहमा भोज भएको बताए। नागरिक समाज म्याग्दीका संयोजक र कानुन व्यवसायी समेत रहेका श्रेष्ठले भदौ २ गते जिल्ला प्रशासन कार्यालयले बेनीमा आयोजना गरेको सर्वपक्षीय बैठकमा कोरोना रोकथामका लागि जिल्लाका सुरक्षा निकाय, प्रशासन र स्थानीय तहहरु असफल भएको भन्दै आलोचना गरेका थिए।

म्याग्दीमा हालसम्म एक जना प्रहरी सहित ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ४८ जना निको भएर घर गएका छन्। भदौ १ गते पोखराबाट आएका एक प्रहरी जवानमा कोरोना पुष्टि भएपछि बेनीमा त्रास छाएको छ।

Related Articles

Back to top button
Close