News

क्यानडा पठाउने भन्दै २९ लाख ठगी गर्ने तीन पक्राउ

क्यानडा पठाइदिने भन्दै ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको हो।

महानगरीय अपराध महाशाखाको टोलीले बुधबार सुर्खेतका २९ वर्षीय ध्रुव थापा, २४ वर्षीया सन्ध्या थापा र ४६ वर्षीय राजेन्द्र कुमार श्रेष्ठलाई पक्राउ गरेको हो।

उनLहरूलाई प्रहरीले धापासीस्थित श्रीटोलबाट पक्राउ गरेको हो।

महाशाखाका अनुसार उनीहरूले अरूलाई ठग्नका लागि आफूहरू प्रभावशाली व्यक्तिका रूपमा प्रस्तुत हुने गर्थे।

उनीहरूले मोरङ शनिश्चरे घर भई काठमाडौंको कपन सरस्वतीनगर बस्ने नारायण खड्कालाई क्यानडा पठाइदिने भन्दै २१ लाख रुपैयाँ ठगी गरेका थिए।

थप अनुसन्धान गर्न महाशाखाबाट उनीहरूलाई काठमाडौं परिसर पठाइएको छ।

Related Articles

Back to top button
Close