News

नेपालमा फेरि अर्का व्यक्तिमा पनि भेटियो कोरोना संक्रमण, संक्रमित संख्या १४ पुग्यो

काठमाडौं: कैलालीको लम्की चुहा नगरपालिकामा थप एक महिलामा कोरोना पोजेटिभ देखिएको छ । लम्की चुहा नगरपालिका वडा नं. १ भुरुवाकी ६५ वर्षीया महिलामा कोरोना पोजेटिभ देखिएको हो ।

ती महिला १७ गतेदेखि लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा रहेकी थिइन् । र्‍यापिड टेस्टमा नेगेटिभ देखिएको उनको उनको काठमाडौंमा परीक्षण गर्दा पोजिटिभ देखिएको अस्पताल स्रोतले बताएको छ। र्यापिड टेष्टमा नेगेटिभ देखाएको थियो।

वीरगञ्ज नाकामा चिया पसल गर्ने उनी ९ चैतमा लम्की आएकी थिइन् । भुरुवामा आफन्त कहाँ बसेकी उनलाई स्थानीय जनप्रतिनिधिले क्वारेन्टाइनमा राखेका थिए ।

५१ जना रहेको क्वारेन्टाइनबाट टीकापुर अस्पतालका स्वास्थ्यकर्मीको टोलीले ४४ जनाको स्वाब संकलन गरेको थियो। काठमाडौंबाट आएको टोलीले २५ गते र्‍यापिड र स्वाब दुबै संकलन गरेको थियो । लम्की चुहामै ९९ जनाको स्वाब संकलन भएको थियो । ९८ जनाको नेगेटिभ आयो। यसअघि लम्कीकै २१ वर्षीय युवकमा पनि कोरोना पोजिटिभ देखिएको थियो।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १३ पुगेको छ । कोरोनाको बारेमा जानकारी दिने वल्डमिटरले समेत नेपालमा कोरोना संक्रमितको संख्या १३ पुगेको देखाएको छ ।

Related Articles

Back to top button
Close