News

ईण्डियन आर्मीका जवानले रात बिताए, श्रीमती बनाएः ५ वर्षपछि ‘आफ्नो बाटो लाग’ भने (भिडियो हेर्नुस् )

एक जना इन्डियन आर्मीले विवाह भएको पाँच वर्ष पछि आफुलाई अलपत्र पारे भन्दै युवती रुँदै मिडियामा आएकी छन् । कपिलबस्तु चन्द्रोटामा एक युवतीले एक युवकसंग विवाह गरेकी थिइन् । भारतीय सेनामा कार्यरत मनवहादुर राना रुपन्देही जिल्लाको वासगढीमा बस्ने गर्थे । उनीसंगै यि युवतीको विवाह भएको थियो । पाँच वर्ष सम्म उनी रानाकै श्रीमतीको रुपमा बसिन् । तर उनलाई मनवहादुरले श्रीमतीको दर्जा दिएनन् । उनी पाँच वर्ष सम्म मनवहादुरकै श्रीमतीकै रुपमा घरमा बसेकी थिइन् । तर श्रीमानले विवाह दर्ता गर्न मानेनन् उनलाई श्रीमती पनि स्वीकार गरेनन् ।

एक रात विताएपछि भोलीपल्ट युवतीलाई फर्केर घर जा भने । तर दिदी बहिनीले अब त्यसरी पुरुषसंग रात विताइसकेपछि माइत आउन मिल्देन उनैसंग बस भनेर पठाए

पाँच वर्ष सम्म श्रीमती बनेर बसेकी युवतीले विवाह दर्ता गरौं भन्दा म विवाह दर्ता गर्दिन तँ जे गरे पनि गर म डराउँदिन भनेर भनेको उनले बताइन् । उनले विवाह दर्ताका लागि एउटा निवेदन दिएकी थिइन् । तर श्रीमान नभई विवाह दर्ता नहुने भएकाले उनको विवाह दर्ता भएन । उनले आफु पाँच वर्ष सम्म श्रीमानकै घरमा बसेको बताएकी छन् । तर श्रीमानले विवाह दर्ता गर्न नमाने पछि भएको विवादका कारण अहिले उनी माइतीमा गएर बसेकी छन् ।

उनको विवाहको पनि कथा पनि रोचक छ । उनै युवकसंग विवाहको कुरा भइरहेको थियो । एक दिन उनले ति युवतीलाई आफुसंग बोलाए । उनले मनबहादुरसंग एक रात विताइन् । एक रात विताएपछि भोलीपल्ट युवतीलाई फर्केर घर जा भने । तर दिदी बहिनीले अब त्यसरी पुरुषसंग रात विताइसकेपछि माइत आउन मिल्देन उनैसंग बस भनेर पठाएका थिए । त्यसरी उनीहरुको विवाह भएको थियो । श्रीमानको घरमा सासु सुसुराहरुले बुहारीकै रुपमा पाँच वर्ष सम्म स्वीकार गरेको पनि उनले बताइन् ।

इन्डियन आर्मीमा भएका श्रीमानले पैसा समेत पठाउन्नथे । पाँच वर्ष अघि एक युवकसंग युवतीको फोनमा कुरा हुन्थ्यो । त्यो कुरालाई लिएर श्रीमानले आफुलाई त ना व दिने गरेको बताएकी छन् । उनले युवकसंग भएको फोन रेकर्ड राखेर त्यही कुरालाई लिएर अहिले सम्म पनि त ना व दिएको र विवाह दर्ता गर्न नमानेको बताएकी छन् ।

Related Articles

Back to top button
Close