News

खुसिको खबर : नेपाल नगरपालिका ले पत्ता लगायो कोरोनाभाइरस आउन नदिने जडीबुटी औषधी, सबैलाइ यसरी औषधि प्रयोग गर्न अनुरोध

काठमाडौं। धनगढी उपमहानगरपालिकाले कोरो´नाभाइ`रसबाट बच्नको लागि नगरवासीलाई गरेको आग्रह अहिले चर्चामा छ । महानगरले गरेको अपिलमा कोरोनाभाइरबाट बच्नको लागि औषधी नै सिफारिस गरेपछि यो विषय चर्चामा आएको हो । उपमहानगरले बेसार, बोझो र लसुनको सेवन गरेर भाइरसबाट बच्न सकिने उल्लेख गरेको छ ।

विज्ञप्तिमा लेखिएको छ ‘हल्दी, बोझो र लसुनको सेवनले कोरोना भाइरस संक्रमणको जो`खिमबाट बच्न सकिने भएकाले परिवारका सदस्यलाई सुझाव दिनहुन अनुरोध छ ।’ विज्ञप्तिमा नगरप्रमुख नृप बहादुर वडले हस्ताक्षर गरेका छन् । बुधबार जारी विज्ञप्तिमा उपमहानगरले सं`क्रमण छिटोभन्दा छिटो मानिसमा फैलिरहेको भन्दै स`चेत रहन आग्रह गरेको छ । तर, सामाजिक संजालमा भने उपमहानगरले कोरोनाको औ,षधी पत्ता लगाएको चर्चा छ ।

आम नगरवासी समक्ष सादर अपिल

चीनको हुवेई प्रान्तबाट शुरु भएको कोरोना भाइरस (कोभिड १९) विश्वमा फैलँदै गएको छ । विश्वका ३३ भन्दा बढी मुलुकमा कोरोना भाइरस फैलिएको विश्व स्वास्थ्य संगठनले पुष्टी गरिसकेको छ । हामीले पनि फैलँदो महामारीको सन्त्रासबाट ज्यादै संवेदनशील हुनुपर्ने देखिन्छ । कोरोना भाईरस (कोभिड १९ ) को संक्रमण छिटो भन्दा छिटो मानिसमा फैलिने र फोक्सोमा सिधै संक्रमण फैलिई मानिसको मृ`त्यु समेत हुने गम्भिर प्रकृ`तिको रोग हो ।

यो रोग स्वासप्रस्वासबाट फैलने मात्र नभै हात मिलाउँदा, नजिकै बस्दा, हिड्दा, बोल्दा समेत हावाको माध्यमबाट सर्ने हुनाले साथीभाईहरु संग भेटघाट हुँदा हात नमिलाउन, दुईमिटर टाढा नै बस्न ,मास्क लगाउन,साबुन पानीले कुहिना सम्म हात सफागर्न , केहि दिनलाई पुग्नेगरी घरमा खाद्यान्नको जोहो मिलाएर राख्न , सभा सम्मेलन, भिडभाडमा सहभागि नहुन नगरवासीमा अनुरोध गर्दछौं । हल्दी, बेझो र लसुनको सेवनले कोरोना भाइरस संक्रमणको जोखिमबाट बाट बच्न सकिने भएकाले परिवारका सदस्यलाई सुझाव दिनहुन पनि अनुरोध छ ,

साथै कोरोना भाईरसको सम्वेदनशिलताका लागि धनगढी उप–महानगरपालिका क्षेत्रभित्र कुनैपनि किसिमका भेला, सभा, सम्मेलन, महोत्सव, उत्सवका साथै मानिसहरुको भिडाभाडमा गरिने किसिमका कार्यक्रमहरु आयोजना नगर्न हुन सम्वन्धीत सबैमा अनुरोध गरिन्छ ।

Related Articles

Back to top button
Close