News

भारतमा निर्माण हुने कोरोना खोपको मूल्य ३ देखि ६ डलरसम्म पर्ने

एजेन्सी, १४ भदौ । कोरोना भाइरस महामारीसँग लडिरहेको भारतले सन् २०२१ को पहिलो तीन महिनाभित्र निश्चितरूपमा अनुमोदित खोप तयार हुने बताएको छ। परिमाणको हिसाबले पुणेस्थित विश्वको सबैभन्दा ठूलो खोप निर्माता सिरम इन्स्टिच्युट अफ इन्डिया ९एसआईआई० आफ्नो पहिलो चरणको खोप वितरण गर्ने स्थितिमा हुने एक प्रतिवदेनले जनाएको छ।

एक वरिष्ठ वालस्ट्रिट रिसर्च, ब्रोकरेज फर्म र बर्नस्टिन रिसर्चले दिएको उक्त प्रतिवदेनमा भारतमा उपलब्ध हुने खोपको मूल्य ३ डलरदेखि ६ डलरसम्म पर्ने बताइएको छ।

बर्नस्टिनको प्रतिवेदनअनुसार सरकारका लागि प्रतिडोज खरिद मूल्य ३ डलर र उपभोक्ताका लागि प्रतिडोज ६ डलर पर्ने सम्भावना छ। प्रतिवेदनमा एसआईआईबाहेक तीन अन्य भारतीय फर्मा कम्पनीहरूले उनीहरू आफै खोप विकसित गर्ने प्रयासमा काम गरिरहेका र तीन कम्पनीहरू पहिलो र दोसो चरणमा रहेको बताएको उल्लेख छ। यी कम्पनी जाइडस, भारत बायोटक र बायोलोजिकल हुन्।

एसआईआई, भारत बायोटक, बायोलोजिकल ई र केही साना कम्पनीलाई मिलाएर भारत हरेक वर्ष विभिन्न खोप करिब २ अर्ब ३० करोड डोज उत्पादन गर्छ। विश्वस्तरमा एसआईआई एक्लैले १ अर्ब ५० करोड डोज खोप उत्पादन गर्न सक्ने सबैभन्दा ठूलो निर्माता कम्पनी हो। विश्वस्तरमा हरेक तीनमध्ये दुई बच्चाले एआईआईका तर्फबाट निर्मित एक खोप प्राप्त गर्छन्। समाचारपत्रमा खबर छ ।

एसआईआईले यो अगस्टको शुरुआतमा भारत र निम्न तथा मध्यम आय भएका देश ९एलएमआइसी० का लागि कोभिड–१९ खोपको १० करोड डोजसम्म निर्माण तथा वितरणमा तीव्रता ल्याउन गाबी द भ्याक्सिन अलायन्स र बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनसँग साझेदारी गरेको छ।

बर्नस्टिनको प्रतिवेदनअनुसार विश्वव्यापीरूपमा ४ परीक्षण त्यस्ता छन् जुन यसै वर्ष २०२० को अन्त्य वा सन् २०२१ को शुरुआतसम्ममा खोप अनुमोदनको नजिक छन्। साझेदारीका माध्यमबाट भारतसँग दुईवटा रहेका छन्। पहिलो डोज र अक्सफोर्डको भाइरल वेक्टर खोप र नोवाव्याक्सको प्रोटी सब युनिट भ्याक्सिन हुन्।

Related Articles

Back to top button
Close