News

४ दिनसम्म औषधि पसलबाहेक सबै ठप हुने

वीरगंज, १ बैशाख । तीन जनामा कोभिड-१९ पोजेटिभ देखिँदापछि आज देखी चार दिनका लागि वीरगंज सिल गरिएकाे छ । वीरगंज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले आजदेखि ४ दिनसम्मको लागि सिल गरिएकाे जानकारी दिनुभयाे । वीरगंजलाई सिलभन्दा पनि अधोषित ‘कफ्यु’नै गरिएकाे मेयर सरावगीकाे भनाई छ ।

महानगरपालिका भित्र औषधी पसलबाहेकका सबै थोक बन्द(शिल) गर्ने मेयर सरावगीले बताउनुभयाे । लकडाउनको समयमा खाेलिरहेका खाधान्न लगायतका पसलहरु अब बन्द हुने पनि उहाँले जानकारी दिनुभयाे । मेयर सरावगीले ४ दिनसम्म घरमा रहेको खाधान्न बाहेक महानगरपालि भित्रका नागरिकले हरियो साग सब्जी लिन समेत लिन बाहिर निस्कन नपाउँने बताउनुभयाे ।

यस्ता समयमा विपन्न तथा गरिव परिवालाई अतिनै आवश्यक परे जानकारीको आधारमा उनीहरूको घरमै खाधान्न महानगर पुर्याउने पनि उहाँले बताउनुभयाे । कोही कसैलाई औषधी लिनुपर्दा समेत प्रहरी प्रशासनसँग समन्वय गरी मात्र बाहिर निस्कन पाउने मेयर सरावगीले जानकारी दिनुभयाे ।

न्यूज २४ सँग कुरा गर्दै मेयर सरावगीले अन्तराष्ट्रिय नाका तथा निकै जोखिममा पर्ने वीरगंजमा एउटा छुट्टै कोभिड विशेष हस्पिटलको व्यवस्था हुनुपर्ने बताउनुभयाे । मेयर सरावगीले प्रदेशमा एउटा मात्रै कोरोना भाइरस संक्रमण परिक्षण गर्ने मेसिन भएकाे र विकल्पमा अर्को मेसिलको व्यवस्था गरी वीरगंजमा राख्नुपर्ने माग पनि गर्नुभयाे ।

वीरगंजमा छुट्टै एउटा मेसिन हुनुपर्ने प्रदेश सरकारसँग माग गरे पनि अहिलेसम्म प्रदेश सरकारले उक्त मेसिनकाे व्यवस्था गरेकाेप्रति उहाँले आक्रोस व्यक्त व्यक्त गर्नुभयाे । ‘अहिले नारायणी हस्पिटमा ३ जना कोरोना संक्रमित फेला परिसकेका छन्, अब २ वा ३ जना अझै भए उनीहरुलाई कहाँ राख्ने ?’ मेयर सरावगीले प्रदेश सरकारलाई प्रश्न गर्नुभयाे ।

प्रदेश २ सरकारले बारा तथा जलेश्वरमा कोभिड हस्पिटल तोकेपनि अहिलेसम्म पनि तयार नभएको प्रति उहाँकाे गुनासाे छ । मेयर सरावगीले सरकारी हस्पिटल तयारी नभएको र नीजि हस्पिटलमा पिसिआर बाहेक सबै सुविधा भएपनि त्यसलाई सिमित समयको लागि आफ्नो स्वामित्वमा नलिनु प्रदेश सरकार गैर जिम्मेवार देखिएको बताउनुभयाे ।

सरकारी अस्पताल तयार नभएको अवस्थामा नीजि अस्पतालमै भएपनि एउटा पिसिआर मेसिनको व्यस्था गरी काेराेना विशेष हस्पिटल वीरगंगमा स्थापना गर्नुपर्ने पनि उहाँकाे सुझाव छ । प्रदेश सरकारले वीरगंजमा काेराेना हस्पिटल स्थापना नगरेपनि तोकिएको बारा र जलेश्वरकै हस्पिटल तयार गरे यहाँका कोरोना संक्रमितलाई त्यहाँ स्थानान्तरण गर्नुपर्ने नत्र सुविधा सम्पन्न तथा मेडिकल टिमको हब समेत भएको वीरगंजमै कोभिड हस्पिट तयार गर्नुपर्ने माग गर्नुभयाे ।

प्रदेश सरकारले गर्न नसके आफूलाई पनि उहाँले बताउनुभयाे । ‘प्रदेश सरकारले गर्न नसके हामीलाई जिम्मेवारी दिनुपर्यो, हामी यहाँ भोली देखि नै नीजि अस्पतालाई आफ्नो स्वामित्वमा लिई काेराेना हस्पिटल सुरु गर्छाैँ,’ उहाँले भन्नुभयाे ।मेयर सरावगीले कोराेना संक्रमित छपकैयामा अझै कोही बाहिरबाट आएको भए समयमै जाँच गराई समाज तथा महानगरलाई कोरोना संक्रमणबाट बचाउँन आग्रह गर्दै यस्तो समयमा त्रसित नभई धैर्यधारण राख्न समेत सुझाव दिनुभयाे ।

त्यसैगरी महानगरमा ६५ वटा आइसाेलेसन र ३५ वटा एम्बुलेन्स रहेको उहाँले बताउनुभयाे । विपदको बेला कुनै योजना बनाउँदा जोखिममा रहेको वीरगंलाई प्राथमिकतामा राख्न समेत सरावगीकाे आग्रह छ ।आइतबार वीरगंजको छपकैयामा ३ जनामा कोरोना पोजिटिभ भेटिएकाे थियाे । संक्रमित व्यक्तिहरुले ४ महिना अगाडि नेपाल आएको बताएपनि महानगरको अनुसन्धानको क्रममा १७ दिन अगाडी आएको खुलेको समेत उहाँले बताउनुभयाे ।

जमातीमा रहेको ८ सय ३५ व्यक्तिहरुमध्ये अरु पनि वीरुगंजमा काेराेना संक्रमित हुनसक्ने शंका रहेको बताउँदै खोजी कार्य तीव्र रहेको उहाँकाे भनाइ छ । वीरगंजमा १ सय १५ वटा मस्जिद र यतिम खाना रहेको मेयर सरावगीले बताउनुभयाे ।प्रहरी र सेनाद्धारा अभियान नै चलाएर शंकास्पद व्यक्ति फेला पार्न लागिपरेको बताउँदै यसमा मुस्लिम अगुवाहरुलाई पनि सहयोग गर्न अपिल गर्नुभयाे । त्यसैगरी महानगरपालिकामा लकडाउनको क्रममा विभिन्न विपन्न तथा गरिब व्यक्तिहरुलाई राहत समेत बाडिएको मेयरले बताउनुभयाे ।

वीरगंजमा कोभिडको हस्पिटल नभएको र कोरोना शंकास्पद व्यक्तिहरुको चाप वीरगंजस्थित नारायणी अस्पताल बढेपछि ओपिडि समेत बन्द गरिएकाे अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन कुमार उपाध्यायले बताउनुभयाे ।संक्रमित व्यक्तिहरुको पहिचान गत बिहिबार महानगरपालिकाका स्थानीय वडा अध्यक्षबाट जानकारी पाएपछि बिहिबार १० जना एउटा मस्जिदबाट र अर्को मस्जिदबाट १४ जना गरी २४ र अस्पतालमा भएका शंकास्पद व्यक्तिहरुको ३३ वटा स्वाब परिक्षण गरी गत शुक्रबार परिक्षण भएपछि ३ जना संक्रमित भेटिएकाे थियाे ।

Related Articles

Back to top button
Close