News

यो महामारीमा डाक्टर र नर्स जिउँदा भगवान् हुन्, ति बहादुरहरुको हिम्मत बढाऔँ : रेखा थापा

काठमाडौं । देशका विभिन्न स्थानमा स्वास्थ्यकर्मीलाई कोरोना संक्रमित भन्दै ज्यादती गरिएका खबरहरु आएपछि नायिका रेखा थापाले त्यस्तो उच्छृखल गतिबिधि नर्गन आग्रह गरेकी छिन् । नायिका थापाले यस्तो अवस्थामा कोरोना संक्रमित र स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गर्नुको साटो उनीहरुको कामको तारिफ गर्नुपर्ने जिकिर गरेकी छिन् ।

सामाजिक सञ्जालमार्फत कोरोना संक्रमितलाई बहिष्कार नभई माया गर्नुपर्ने रेखाको तर्क छ । सामाजिक संजालमा रेखाले लेखेको स्टाटस पढ्नुहोस् जस्ताको त्यस्तै ूकोरोना सन्क्रमितलाई बहिष्कार गर्ने होइन सन्क्रामक भाईरसबाट सचेत रहौ । सन्क्रमित ब्यक्तिलाई हामी सबैले झन धेरै माया गरौ (साबधानी साथ) ।

भाईरस नसर्ने तरिकाले सम्मान र सदभाव देखाऔ । खास गरी स्वास्थ्य क्षेत्रमा काम गर्ने बहादुर र प्रतिभवान आफन्तलाई उच्च सम्मान गरौ ।ू

Related Articles

Back to top button
Close