News

नेपालमा कोरोनाबाट पहिलो स्वास्थ्यकर्मीको मृत्यु

काठमाडौं । नेपालमा कोरोना भाइरसबाट पहिलो पटक स्वास्थ्यकर्मीको मृत्यु भएको पुष्टि भएको छ । भदौ १२ गते महोत्तरीको मनरा सिसवा—४ का अन्दाजी सहनी थर भएका ४० वर्षीय हेल्थ असिस्टेन्टको उपचारका लागि काठमाडौं ल्याइदैं गर्दा बाटैंमा मृत्यु भएको प्रदेश २ का कोभिड फोकल पर्सन विजयकुमार झाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो ‘उहाँ एक निजी स्वास्थ्य संस्थामा प्राक्टिस गर्नुहुन्थ्यो । यद्यपी यसबारे स्वास्थ्य मन्त्रालयले आधारिक कुनै जानकारी गराएको छैन।

महोत्तरीमै निजी स्वास्थ्य संस्थामा काम गरिरहनु भएका उहाँ भदौं ७ गते बिरामी हुनुभएको थियो । स्वास्थ्य अवस्था गम्भीर भएपछि उहाँलाई काठमाडौं ल्याइँदैं गर्दा बाटैंमा मृत्यु भएको थियो ।
मृत्यु भएपछि ललितपुरस्थित बयोधा हस्पिटलमा ल्याई स्वाब परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो ।

Related Articles

Back to top button
Close