News

६ महिनाकी बालिका भइन् कोरोना संक्रमित, तस्बिर भयो भाइरल

एजेन्सी । ६ महिनाकी एक बालिका कोरोना संक्रमित भएकी छन् । पहिलेदेखि नै मुटुको समस्यासँग लडिरहेकी बालिका अहिले कोरोनासँग लडिरहेकी छन् । बेलायतको एक अस्पतालमा बालिकाको उपचार चलिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अभिभावकको अनुमतिमा सञ्चारमाध्यमले उनका तस्बिर सार्वजनिक गरेका छन् ।

बालिकाका तस्बिर अहिले संसारभर भाइरल बनेका छन् । डेलीमेलका अनुसार एरिन बेट्स नामकी बालिकालाई पहिले मुटुको समस्या थियो । सन् २०१९ को डिसेम्बरमा बालिकाको ओपन हार्ट सजरी गरिएको थियो । उनी बेलायतको म्यानचेस्टरकी बासिन्दा हुन् ।

शुक्रबार बालिकामा कोरोना संक्रमण भएको पुष्टि भयो । उनलाई लिभरपुलको एक बालबालिकाको अस्पतालको भेन्टिलेटरमा राखिएको छ । कोरोनाका कारण उनकी आमा एम्मा बेट्सलाई अस्पतालमा बस्ने अनुमति दिइएको छ । बाबु बेनी बेट्स भने घर फर्किनु परेको छ ।


छोटो उमेरमै मुटुको सफल शल्यक्रिया भएकाले चिकित्सकले उनलाई मिराकल बेबी भनेर बोलाउने गर्छन् । एरिनलाई संक्रमण भएपछि उनका आमाबाबुले कोरोनाबाट आफ्ना बालबालिकालाई जोगाउन अपिल गरेका छन् ।

Related Articles

Back to top button
Close