News

चीनको वुहानमा विद्यालय सुचारु, भारतमा जेईईको परीक्षा सञ्चालन

वुहान : को’रोना भाइरसको सुरुवाती केन्द्रविन्दु चीनको वुहानमा प्राथमिक विद्यालय सुचारु भएको छ । चिनियाँ सञ्चारमाध्यम सीजीटीएनका अनुसार मंगलबारबाट प्राथमिक तथा किन्डर गार्टेनका नयाँ कक्षा सुरु गरिएका हुन्। सुरक्षाका उपाय अपनाउँदै करिब ८ महिनापछि नयाँ समेस्टरका कक्षा सञ्चालन थालिएको हो।

विद्यालयको पहिलो दिन विद्यार्थीहरू उत्साहित रहेको सीजीटीएनले जनाएको छ।त्यस्तै अभिभावकहरू समेत उत्साहका साथ विद्यालय गेटअघि आफ्ना छोराछोरीलाई पर्खेर बसेको बताईएको छ। गत डिसेम्बरमा पहिलोपटक कोरोना भाइरस संक्रमण पुष्टि भएपछि संक्र मण नियन्त्रणका लागि विद्यालय लगायत सार्वजनिक स्थलहरू बन्द गरिएका थिए।

यसैबीच भारतमा पनि मंगलबारदेखि जोइन्ट इन्ट्रान्स एक्जामिनेसन (जेईई) को परीक्षा सञ्चालन थालिएको छ। इन्जिनियरिङ लगायतका विषयको प्रवेश परीक्षाका रूपमा लिइएको परीक्षामा ८ लाख ५८ हजार बराबर विद्यार्थी सामेल हुने भारतीय सञ्चार माध्यमले जना एका छन्। परीक्षा सेप्टेम्बर १ देखि ६ सम्म हुने बताइएको छ।

Related Articles

Back to top button
Close