खुशीको खबर, नेपालमा आज १ हजार १ सय १२ जनाले कोरोनालाई जितेर घर फर्किए
काठमाडौं । नेपालमा आज १ हजार १ सय १२ जना्ले कोरोनालाई जितेर घर फर्किएका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २३ हजार २ सय ९० निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार निको भएकाहरु देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएका हुन् ।
अर्को पनि
यसअघि मंगलबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २२ हजार १७८ थियो । काठमाडौँ । नेपालमा आज जनाले कोरोनाका कारण १२ जनाले ज्यान गुमाएको छ । यो सहित नेपालमा ज्यान गुमाउनेको संख्या २सय ५१ पुगेको छ । त्यस्तै नेपालमा पछिल्लो २४ घण्टामा ११२० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
योसँगै गरेर देशभर संक्रमित हुनेको संख्या ४१६४९ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
त्यस्तै आजमात्रै १ हजार १ सय १२ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २३ हजार २ सय ९० निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै काठमाडौँ उपत्यकामा ३८८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा ३५०, ललितपुरमा २९ र भक्तपुरमा ९ जना रहेका छन् ।