News

भोलिदेखि लकडाउनमा झनै क’डाइ, मोटरसाइकल चलाउन पूर्ण रुपमा रोक [ जानकारीको लागी सक्दो शेयर गरौँ ]

हेटौँडा। मुख्यमन्त्री डोरमणि पौडेलको निर्देशनपछि वाग्मती प्रदेशमा लकडाउन क’डा बनाइने भएको छ ।मंगलबार (भोलि) देखि प्रदेश राजधानी हेटौँडामा लकडाउन अवधिभर मोटरसाइकल सञ्चालनमा पूर्ण रुपमा रोक लगाउने निर्णय भएको छ । किनमेलको समयलाई बिहान ६ देखि ९ बजेसम्म ३ घण्टा कायम गरिएको छ । वाग्मती प्रदेश मकवानपुरसँग जोडिएका प्रदेश २ का जिल्ला पर्सा र रौतहटमा समेत को’रोना भा’इरसको स’ङ्क्रमित फेला परिसकेको अवस्थामा विभिन्न बहानामा व्यक्तिहरु बजार आउजाउ गरेका कारण लकडाउन प्रभावकारी नहुने देखिएकाले क’डा बनाउन मुख्यमन्त्री पौडेलले निर्देशन दिए ।

पौडेलले प्रदेशका सबै जिल्लामा वडावडामा खाद्य सामग्री किनमेल गर्न मिल्ने व्यवस्था गरेर नागरिकलाई एउटा वडाबाट अर्को वडामा आउजाउ गर्न नपाउने अवस्था बनाउन निर्देशन दिए । मुख्यमन्त्री पौडेलको निर्देशनपछि बसेको जिल्ला कमान्ड पोष्ट मकवानपुरको बैठकले लकडाउनलाई क’डा गर्ने निर्णय गरेको हो ।प्रदेशका अन्य जिल्लामा समेत लकडाउन क’डा बनाइने र स’ङ्क्रमण फैलन नदिने वातावरण निर्माण गरिने प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख किशोरकुमार दाहालले जानकारी दिए ।“हामी लकडाउन कार्यान्वयनमा प्रतिबद्ध छौं र वर्तमान संवेदनशीलतालाई ध्यान दिएर लकडाउनलाई थप साँ’घुरो बनाउँदै जान्छौं ”, उनले भने ।रासस

Related Articles

Back to top button
Close