एकै परिवारमा आठ जना सं’क्रमितः अस्पतालको बेडबाट चेतमान भन्छन्, ‘लकडाउनको पालना गर्नुहोस’
अहिले विश्व नै को’रोना भा’इरसबाट आ’क्रान्त बनेको छ । विश्वभर यसकाे महामारी फैलिएकाे छ। एक महिना अघिमात्र को’रोना भा’इरस भारतमा भेटिएको समाचार आयो । खुल्ला सी’मा नाका भएकोले नेपालमा पनि भि’त्रिन्छ कि भनेर धेरैले लख काटे भने केहीले त्यहाँ रहेका नेपालीहरुको बारेमा चि’न्ता व्यक्त्त गर्न थाले ।अछाम घर भएका चेतमान खड्का परिवारसहित मुम्बइमा बस्दै आएका छन् । उनको भाइलाई केही समय अगाडिदेखि हल्का ज्वरो देखियो । उनीहरुले सामान्य ज्व’रो ठानेर औषधि दिए ।
केहि गर्दा पनि ज्वरो निको नभएपछि उनीहरुले आफ्नो नीजी चिकित्सकलाई देखाउने निधो गरेर त्यहाँ पुगे ।त्यहाँ पनि सामान्य ज्व’रो हो निको हुन्छ भनेर फर्किनु पर्यो । त्यसपछि पनि २-३ वटा अस्पताल गयौ सबैतिर नर्मल रिपोर्ट आयो । चेतमानले कोरो’ना भा’इरसको बारेमा सुनेका थिए र त्यसको बारेमा सचेत पनि थिए । त्यसैले उनले द’ह्रो मन बनाएर को’रोना टेष्ट गराउने निधो गरे । आफ्नो नीजी चिकित्सक सँग सल्लाह गरेर उस्लाई रिलायन्स हस्पिटल लग्यौ। त्यहाँ उस्को नतिजा पोजेटिभ आयो र कस्तुबामा लगेर भर्ती गरायो ।
अछाम घर भएका भारतमा एकै परिवारका आठ जनामा को’रोना सं’क्रमण
को’रोना सरुवा ‘रोग भनेर थाहा भएकोले भाइको नतिजासँगै खड्का परिवारमा ब’ज्रपात पर्यो । भाइसहित गरेर ११ जनाको परिवार भएकोले अन्य १० जनामा पनि सं’क्रमण देखिने ड’र भयो । खड्का आफै सबै परिवार लिएर टेष्ट गर्न अस्पताल पुगे । त्यहाँ अन्य ७ जनाको नतिजा पनि पोजेटिभ आयो । ३ जनामा भने नेगेटिभ देखियो । उनको घरमा सिल गरियो । नेगेटिभ रिपोर्ट आएका ३ जनालाई छुटाछुटै स्थानमा राखिएको छ । पढाइ गर्दै गरेका छोराछोरी र भतिजा भतिजीमा पनि को’रोनाको सं’क्रमण देखिएपछि खड्का निराश बनेका छन् ।
उनीहरुलाई बेग्ला बेग्लै अस्पतालमा राखिएको छ । पापा हामीलाई खानामा तकलिप छ, डा. ले दिनमा एकपटक टाढैबाट कुरा गर्छन् भनेर छोरीले वाट्सएपमा फोन गर्दा खड्काको मन कुडिन्छ । उनको छोरीलाई सेभेन हिल अस्पतालको ८ औं तलामा राखिएको छ । सँगै नभए नि फोनको माध्यमबाट एकले अर्कालाई आश्वसन दिइरहन्छन् । आज १४ दिन भयो उनीहरु अस्पतामा रहेको तर निको भएको छैन् । उनीहरु जतिसक्दो चाँडो निको भएर घर जान चाहन्छन् ।
घरमा रहेका ८ जना स’मस्यमा को’रोना सं’क्रमण भएर बेग्ला बेग्लै अस्पतालमा उपचार गराइरहेका खड्का यस्तो पी’डा अरुले खप्नु नपरोस भन्छन् । अप्रिल ९ गते उनले फेसबुकमा मार्मिक स्टाटस लेख्दै आफुहरु को’रोना सं’क्रमित भएको जानकारी दिएका थिए ।
उनले लेखेका छन् , “आज पुरा १० दिन भो हस्पिटलको कष्ट र परिवार छोराछोरी भाई भतिजा को वि’चल्ली भएको सहन गर्दा गर्दा मलाई यस्तो लागिरहेको छ कि यो १० दिन का’ट्नु पनि १० वर्ष जस्तो लागीरहेको छ । के गर्नु दैबको खेल विश्वव्यापी मारामारी ले गर्दा आफूले पनि यो मा’रामारी भोग्नुपरेको छ । र हामी सम्पूर्ण परिवार चि’न्तित छौं र हजुरहरुलाई पनि जानकारी गराउन चाहन्छु आफ्नो घर वा आफ्नो स्थान बाट बाहिर नं निस्कनु होला आफ्नो सुरक्षा आफै गर्नुहोला जहाँ हुनुहुन्छ जो अवस्थामा हुनुहुन्छ आफ्नो ख्याल गर्नुहोला नभए मेरो जस्तो पिडा भोग्न पर्ला आफ्नो ख्याल आफै गर्नुहोला जय श्रीराम सम्पूर्ण मानव जातिको रक्षा गर्नु ईश्वर जय खबर जगनाथ कि जय ।”
उनको यो स्टाटसबाट हामीले पनि शिक्षा लिनु जरुरी छ । अस्पतालको बेडमा को’रोनासँग ल’डिरहँदा पनि उनलाई नेपाल र नेपालीको चि’न्ता छ । सबैलाई घरमा बस्न र आफ्नो ख्याल गर्न सुझाव दिइरहेका छन् । खड्का लामो समयदेखि मुम्बईमा बस्दै आएका अछामको चौरपाटी गाउँपालिका ५, लुंग्राका हुन् । आफू सं’क्रमित भएपनि अरु कसैलाई यस्तो नहोस भन्ने चाहन्छन् खड्का । उनले हात जोड्दै अन्त्यमा भने, स्वदेश र विदेशमा बस्नुहुने सम्पूर्ण नेपाली आमाबुबा दाजुभाई दिदीबहिनीहरु लकडाउनको पालना गर्नुहोस । आफु पनि बचौं र अरुलाई पनि बचाउ !!