News

काठमाडौंको यो क्षेत्रभित्र आज दिनभर शुक्रबार कर्फ्यू

१८ भदौ, काठमाडौं । जिल्ला प्रशासन कार्यालय, ललितपुरले चक्रपथ क्षेत्रभित्र कर्फ्यू आदेश जारी गरेको छ ।

रातो मत्स्येन्द्रनाथको रथयात्रालाई लिएर पुल्चोक क्षेत्रमा दिनभर तनाव भएपछि प्रशासनले भोलि विहान ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यू आदेश जारी गरेको सहायक प्रमुख जिल्ला अधिकारी ललितबहादुर बस्नेतले जानकारी दिए । १८ भदौ, काठमाडौं । यदि कुनै कठिनाइले घेरेको थिएन भने वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको रथयात्रा यतिबेला सकिइसकेको हुन्थ्यो ।

शरद् ऋतु सुरु हुन लागिसकेको यो समया रातो मत्स्येन्द्रनाथको बारेमा चर्चा हुने समय पनि होइन । तर कोरोना भाइरसका कारण निम्तिएको संकटले केवल जनस्वास्थ्यमा मात्रै असर पारेन, झण्डै एक हजार वर्षदेखि चल्दै आएको संस्कृतिमा समेत अवरोध सिर्जना गर्‍यो ।

यही अवरोधले बिहीबार ललितपुरको पुल्चोकमा एउटा अप्रिय परिघटनाको दृष्य देख्नुपर्‍यो ।

यो पनि पढ्नुहोस
ललितपुरको चक्रपथ क्षेत्रभित्र शुक्रबार कर्फ्यू
कसरी निम्तियो झडप ?

रथारोहण गरेको समेत लामो समय हुँदासम्म पनि रथयात्रा नगरेकोप्रति असन्तुष्टि जनाउँदै बिहीबार बिहान पाटनका युवाहरू गुठी संस्थान र प्रशासनलाई दबाब दिने रणनीति बनाउन पुल्चोकमा भेला भएका थिए । जनस्वास्थ्यका मापदण्डहरु पुरा गरेर रथ तान्ने व्यवस्था मिलाउनुपर्ने उनीहरुको माग थियो ।

भेलामा सहभागीहरुका अनुसार त्यतिबेलासम्म रथ तान्ने कुनै योजना नै थिएन । तर निषेधाज्ञा उल्लङ्घन गरेको भन्दै प्रहरीले बल प्रयोग गर्न खोज्यो ।

प्रहरीले स्थिति खल्बल्याइदिएपछि स्थानीय युवाहरु रथ तानेर देखाउँछौं भन्दै कस्सिए । अरु मानिसहरु पनि भेला भए, र ठूलो भीड जम्मा भएपछि स्वस्फूर्त रुपमा रथ तान्न थाले । त्यसलाई प्रहरीले रोक्दा झडप भयो । र, पुल्चोक क्षेत्र दिनभर तनावग्रस्त रहृयो ।

Related Articles

Back to top button
Close