News
गएराती काठमाडौंको रानीवनमा झडप, चार जना घाइते
काठमाडौं-स्थानीय युवाका दुई समूहबीच काठमाडौंको रानीवनमा झडप भएको छ । गएराति ढुंगेधारा र रानीवनका युवा समूहबीच झडप भएको प्रहरीले जनाएको छ । झडपमा चार जना घाइते भएका छन् ।
घाइते हुनेमा ३० वर्षीय सुदीप रानामगर, २४ वर्षीय सुरज रानामगर, २७ वर्षीय नवराज रानामगर र सुरज थापामगर घाइते भएका छन् । घाइतेहरुको मनमोहन अस्पतालमा उपचार भइरहेको बताइएको छ ।प्रहरीले झडपमा संलग्न दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।