News

युएईमा अल’पत्र नेपालीको व्य’था : कहिले पार्कमा सुतिरहेका छौँ त कहिले बस स्टेसनमा ‘सरकार’ घर फर्काऊ !

म कलिम मियाँ । हाल युएईको शारजाहबाट,

जनवरी ५, २०२० । म दुई सन्तान र श्रीमतीलाई छाडेर गोरखाको लक्ष्मीबजारबाट करीब ५ बजे बिहान काठमाडौँका लागि निस्किएँ । चितवन–पोखरा बसपार्कमा बस्ने बादसाह खान उर्फ सत्तार खानले देखाएको महिनाको डेढ लाख कमाउने सपनालाई बिपना बनाउन थियो । मन भारी थियो तर क’ठोर पनि बन्न पर्ने थियो । कतारको मेरो दस वर्षको पुरानो भोगाइ हुँदाहुदै फेरि म किन आत्तिएको छु भनेर आफूलाई सम्हाल्थे । सत्तार खानले सपनामा देखाएको महिनाको डेढ लाख, परिवारलाई पनि घुमाउन पाउने, ४ कोठाको घर बनाउन सक्ने सपना सम्झेर मन दह्रो बनाउँथे ।

होस्, घरै फर्कन्छु भन्ने पनि मनमा आउँथ्यो, तर फेरि सोच्थे – यो तेस्रो पटक साइत गरेर निस्केको छु, फर्किए भने समाजले के भन्ला ? दुःख पनि कम्ता दिए मेन पावरले । एकपटक २२ नोभेम्बर, २०१९ मा टिकट भयो तपाईको अभिमुखिकरणको तालिम लिएर श्रम गरेर हिँड्ने भनेर काठमाडौं बोलाए । साइत गरेर आएँ तर काम बनेन । पाँच हजार आउँदा जाँदा र एकरात बस्दा खर्च पनि भयो । दोस्रो पटक पनि त्यसरी नै बोलाइयो ओसो रिक्र्युमेन्टका विकास रानाले भन्नुभयो, ‘तपाईको फेरि मेडिकल गर्न पर्ने भयो अब यसपटक चाहिँ चाँडै हुन्छ ।’ फेरि मेडिकल गरेर सात हजार खर्च गरेँ ।

म्यानपावरले ईमिरेन्ट्स क्याब एलएलसीमा (ट्याक्सी ड्राईभर) तलब पन्ध्रसय दिराम र खान बस्न छ भनेको थियो । तलब र कमिसन गर्दा तीन हजार पाँचसय दिराम अर्थात् नेपाली १ लाखभन्दा माथि कमाइ हुने भनेपछि हामी खुशी थियौँ । दुबई जान पैतालिस सय दिराम र थप दुई हजार दिराम त्यहाँ गएपछि काटिने भनेर कागजमा हामीलाई ओसो म्यानपावरले साइन गर्न लगायो । नत्र जागिर नलाग्ने कुरा बताएपछि केही पाउन केही गु’माउन पर्छ भन्ने लाग्यो। । तेस्रो पटक अन्तरवार्तामा पास भएँ । लगतै मेडिकल गरेर गोरखा फर्किएँ ।

घर फर्किएको २ दिनमा फोन आयो । सत्तारका छोरा आसिक खानले खर्च ३ लाख ५० हजार लाग्ने बताएपछि म खत्रकै परेँ । मानिसको मन हो फेरि लोभ पनि लाग्यो । परिवारसँग सल्लाह गरेर जति लागे पनि जाने निर्णयमा म पुगेँ । पैसा पनि ३ पटक गरेर पठाएँ । सबै प्रमाण मसँग सुर’क्षित छन् ।

काठमाडौँ आएर मेनपावर गएँ । त्यो दिन हामी दुईजना रहेछौँ उड्न पर्ने, देबिन गहतराज र म कलिम मियाँ । टिकट पास्पोर्ट लिएँ र एयरपोर्ट हिडेँ । अठार हजार नेपाली रूपैयाँ लिएर घरबाट हिँडेको मैले त्यहाँसम्म आउदा लगभग चार हजार सकिसकेछु । लगभग तीन सय दिराम साटे । देबिन दाईसँग भित्र नै भेट भयो । दुवै जना युएई आइपुग्यौँ ।

यहाँ आउँदा बिहान करीब ५ बजेको थियो । कम्पनीको पिआरो इब्राहिम हामीलाई लिन विमानस्थलमा आएका रहेछन् । पिआरोको साथमा हामी कम्पनीको क्याम्पमा पुग्यौ । कम्पनीमा तकिया र एउटा फम दिने रहेछ घरबाट एउटा पातलो ओड्ने र सिलिपिङ ब्याग ल्याएकोले सजिलो भयो ।

हामी सोही दिन बिहान आठ बजे अफिस गयौँ । अफिसमा पासपोर्ट जम्मा गरेँ । दुबै जनालाई कम्पनीले । तिनसय पचास दिराम दियो । साथमा एड्भान्स सातसय दिराम पनि पायौँ ।दुई महिनाभित्र लाइसेन्स, लोकेसन पास भएपछि कम्पनीले मलाई गाडी दियो । तर, काम गर्दै जाँदा कम्पनीको सबै विवरण थाहा भयो । कम्पनीले लो पर्सेन्टमा काम गर्न लगाउने रहेछ । ड्राइभरलाई तलब नदिने, दिए पनि बढीमा सातसय मात्रै तलब दिने रहेछ । नेपालमा म्यानपावरले गरेको एग्रिमेन्ट र आसिक खानले दिएको सपना सपनामा नै सिमित हुने देखियो ।

कम्पनीले गाडी दिएपछि कोठा र खाना आफैले जोहो गर्नु पर्ने भयो । कमाउन आएको मान्छे, उल्टो ऋण गरेर कोठा खोजेर बसियो । १५ दिन जति गाडी चलाएपछि थाहा भयो, कुनै पनि हालतमा काम गर्न नसकिने भैयो । बरु तीन लाख पचास हजार नेपालमा नै मजदुरी गरेर तिर्ने निधो गरेँ । यहाँ बसेर कोठाको भाडा र खाना गर्दा थप अरु ऋण लाग्ने ड’र भयो । हामी लेबर कोर्ट गएर काम गर्न सक्दैनौँ नेपाल जाने भनेर निबेदन ग¥यौँ ।’

कम्पनीले केही वा’स्ता नै गरेन । त्यसपछि काम पनि छोड्यौँ । र, घर फर्कने तयारी गर्न थाल्यौँ । तर, यसैबीच कोरोनाभाइरसको म’हामारी सुरु भयो । घर फर्कने सपनामा एक्कासी ब्रे’क लाग्यो ।युएई आएको तीन महिना बढ़ी भैसक्यो, अहिले एउटा कोठामा १२ जना बसेका छौँ। कोरो’नाको प्रको’प छ। खानेकुरा केही छैन, पन्द्रसय दिराम रूमको भाडा र बिजुली बत्तिको पैसा तिर्नुपर्छ। अब अहिले नेपाल सरकारले कहिले लक’डाउन खो’ल्दिन्छ र नेपाल फर्कन पाउँछौँ भन्ने प्रतिक्षामा छौँ ।

भिडियो बनाइएर सामाजिक सञ्जालमा अपलोड पनि ग-यौँ । तर जति मद्दत आउन पर्ने त्यति केही पाएनौँ । अझ सम्बन्धित निकायका व्यक्तिबाट नै गैरजिम्मेवारपूर्ण त’र्कले हामी झन् पि’डामा धकेलिएका छौँ।तासिलबाट भिसा क्या’न्सिल भइसकेको छ । कयौँ दिन भो’कै सुत्यौँ । घरभाडा छैन । अहिले हामी कहिले पार्कमा सुति’रहेका छौँ त कहिले बस स्टेसनमा । सरकारलाई आग्रह छ, हामीलाई नेपाल झिका’इयोस् चाँडै । बरु टिकटको पैसा र क्वारेन्टाइनको खर्च हामी आफै बेहोर्छौँ ।

Related Articles

Back to top button
Close