News

कोरोना संक्रमित भेटिएको भन्दै सामाजिक सञ्जाल (फेसबूक)मार्फत अफवाह फैलाएको आरोपमा दाङ प्रहरीले १ जनालाई पक्राउ गरेको छ…

दाङ– कोरोना संक्रमित भेटिएको भन्दै सामाजिक सञ्जाल (फेसबूक)मार्फत अफवाह फैलाएको आरोपमा दाङ प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दाङको घोराही उपमहानगरपालिका–१५ घर भएका २८ वर्षीय दीपक न्यौपाने छन् ।

उनले आफ्नो फेसबूकमार्फत ‘दाङमा पनि १ जना कोरोना भाइरसको संक्रमित भेटिएको’ भन्दै अफवाह फैलाएको प्रहरीको भनाइ छ ।

न्यौपानेले फेसबूकमा तथ्यहीन तथा भ्रामक कुरा पोस्ट गरी भ्रम फैलाउने काम गरेकाले उनलाई पक्राउ गरी आवश्यक अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी सुमित खड्काले जानकारी दिए ।

Related Articles

Back to top button
Close