News

कोरोनाको कहर : ब्राजिललाई पछि पार्दै भारत पुग्यो दोस्रो स्थानमा, ४१ लाख संक्रमित

एजेन्सी । कोरोना संक्रमितको संख्या हाम्रो छिमेकी देश भारतमा लगातार बढिरहेको छ । संक्रमितको संख्याको आधारमा भारत ब्राजिललाई पछिपार्दै दोस्रो नम्बरमा पुगेको छ । अब भारतभन्दा अगाडि अमेरिकामात्रै छ ।

भारतमा दैनिक ८० हजारको हाराहारीमा नयाँ संक्रमित फेला परिरहेका छन् । दिनमा एक हजार भन्दा धेरै व्यक्तिको मृत्यु भएको छ । भारत अब कोरोना प्रभावित देशको सूचीमा दोस्रो नम्बरमा पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतले ब्राजिललाई पछि पारेको छ । कोरोना संक्रमित देशको सूचीमा अमेरिका शीर्ष स्थानमा छ ।

भारतमा संक्रमितको संख्या झण्डै ४१ लाख पुगेका छन् । ब्राजिलमा भारतमा भन्दा थोरैमात्र कम संक्रmमित छन् । भारतमा झण्डै ७१ हजारको ज्यान गएको छ । ब्राजिलमा १ लाख २५ भन्दा धेरै र अमेरिकामा १ लाख ८८ हजार भन्दा धेरैको ज्यान गएको छ । भारतभन्दा अगाडिको अमेरिकामा संक्रमितको संख्या ६२ लाख भन्दा धेरै पुगेको छ ।

Related Articles

Back to top button
Close