News

काठमाडौँको चन्द्रागिरीमा छोराले गरे बाबुआमामाथि खुकुरी प्रहार !

काठमाडौँ । काठमाडौँको चन्द्रागिरी नगरपालिका–१ झ्याङ्गाझिटीमा छोराले आफ्नै बाबुआमामाथि खुकुरी प्रहार गरेका छन् । शनिबार राति घरायसी विवाद हुदाँ छोरा ३२ वर्षया श्री तामाङले आफ्नै ४८ वर्षीया आमा विष्णु तामाङ र ५३ वर्षीय बुबा श्याम कुमार तामाङमाथि खुकुरी प्रहार गरेको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।

प्रहरीले घाइते भएका आमा र बुबा दुबै जनालाई उपचारको लागि अस्पताल लगेको छ । उनिहरूको काँध भन्दा अलिमाथि चोट लागेको छ । खुकुरी प्रहार गर्ने छोरालाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Related Articles

Back to top button
Close