News

थानकोटमा डिजेल बोकेको ट्याङ्कर प’ल्टियो

काठमाडौँ । चन्द्रागिरि नगरपालिका– ३ थानकोटस्थित नेपाल आयल निगम थानकोट डिपो नजिक मोडमा अति प्र’ज्वलनशील पदार्थ डिजेल बोकेको ट्याङ्कर दु’र्घटना भएको छ।ना ७ ख ७३९ नम्बर ट्याङ्करले २० केएल डिजेल रक्सोल डिपो बाट थानकोट डिपोमा ल्याउँदै थियो ।

‘अचानक ड्याम्म आवाज आयो के भएको रहेछ भनेर घरबाट हेर्दा डिजेल ट्याङ्कर उ’तानो परेछ,’ एक स्थानीयले भने । उक्त ट्याङ्कर चालक सुरेश विक भने सकुशल रहेको चालक संघका अध्यक्ष ईश्वर लामाले बताए। गाडी दु’र्घटना हुदा गाडीको पाँच च्याम्वर मध्ये दुई च्याबरको ४ हजार लिटर डिजेल पोखिएको छ ।

नजिकै निगमको डिपो भएपनि ठूलो दु’र्घटना टरेको स्थानीयको भनाइ छ। रक्सोल डिपोबाट थानकोट डिपोमा अनलोडका लागि ल्याएको ट्याङ्कर बाटामा मान्छे क्रस गरेपछि बचाउने क्रममा अनियन्त्रित भई डिजेल बोकेको गाडी प’ल्टिएको नेपाल पेट्रोलियम ट्याङ्कर चालक संघका कार्यालय सचिव बादल लामाले बताए ।

Related Articles

Back to top button
Close