News

मच्छिन्द्रनाथको जात्रामा प्रहरीलाई ताकी ताकी ढुंगा हान्ने २ जनालाई कोरोना लाग्यो, तनावमा प्रहरी

ललितपुर । मच्छिन्द्रनाथको जात्रामा ढुङ्गा हानेको अभियोगमा पक्राउ परेका १९ जना मध्ये २ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

पक्राउ परेका सबैलाई छुट्टै राखेर पीसीआर विधीबाट परीक्षण गरिएकामध्ये २ जनामा संक्रमण पुष्टि भएको महानगरीय प्रहरी परिसर स्रोतले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरुको रिपोर्ट पोजिटिभ आएपछि प्रहरी परीसर तनावमा परेको छ । उनीहरूलाई अस्पताल लैजाने वा आफन्तको जिम्मेवारी लगाएर आइसोलेसनमा राख्ने भन्ने विषयमा छलफल भइराखेको बताइएको छ ।

प्रहरी स्रोतका अनुसार स्थान पुगेको खण्डमा हिरासतमा रहँदा संक्रमण पुष्टि भएकाहरुलाई भिन्दै स्थानमा राख्ने विषयमा पनि छलफल भइरहेको प्रहरीले जनाएको छ ।

Related Articles

Back to top button
Close