News

सार्वजनिक यातायात खोल्न माग गर्दै व्यवसायी उत्रिए आन्दोलनमा

कोरोना अपडेट गृहपृष्ठ राजनीति दृष्टिकोण वार्ता फिचर अर्थ समाज प्रवास चित्रपट खेलकुद सार्वजनिक यातायात खोल्न माग गर्दै व्यवसायी उत्रिए आन्दोलनमा नेपाल फ्ल्यास ५ घण्टा अघि 2135 Shares काठमाडौं । यातायात व्यवसायीले तत्काल सार्वजनिक यातायात सेवा खोल्न माग गरेका छन् । मंगलबार यातायात व्यवस्था विभागअगाडि धर्ना दिँदै व्यवसायीले यस्तो माग गरेका हुन् । लामो समयदेखि बन्द रहँदै आएको सार्वजनिक यातायात सेवा छोटो दूरीका साथै अन्तरजिल्ला, प्रदेश यातायात सेवासमेत खोल्न व्यवसायीको माग छ। सार्वजनिक यातायात केन्द्रीय महासंघको नेतृत्वमा आन्दोलित व्यवसायीले आठ बुँदे मागपत्रसमेत बुझाएको छ । कोभिड–१९ का कारण लामो समयदेखि यातायात सेवा ठप्प हुँदा व्यवसायी गम्भीर संकटको अवस्थामा पुगेको उनीहरुको भनाइ छ । आवश्यकताका आधारमा सरकारले व्यवस्थापन गरेको होल्डिङ्ग सेन्टरबाट सञ्चालित सिमित निजी सवारीसधानले समेत सहज सेवा दिनुको साटो उल्टो थप जटिलता ल्याउने काम सरकारले गरेको उनीहरुको भनाइ छ । ·

Related Articles

Back to top button
Close