News

भाडामा बस्ने बालिकामाथि दुई वर्षदेखि बलात्कार गरेको आरोपमा नेपाल पक्राउ

विराटनगर : मोरङ घर भएका अवकाश प्राप्त एक जना भारतीय सैनिकले दुई वर्षदेखि बालिकामाथि बलात्कार गरिरहेको घटना बाहिरिएको छ। आफ्नै घरमा भाडा बस्ने १५ वर्षीया बालिकामाथि बलात्कार गरिरहेको खुलेपछि प्रहरीले मोरङको सुन्दरहरैंचा नगरपालिका–४ का ५४ वर्षीय उमेश नेपाललाई बुधबार पक्राउ गरेको छ। दुई वर्षदेखि आफूमाथि बलात्कार गरिरहेको कुरा बालिकाले मंगलबार साँझ अभिभावकलाई सुनाएसँगै घटना बाहिरिएको हो।

annapurna post

बालिकाका परिवार चार वर्षदेखि नेपालको घरमा भाडामा बस्दै आएका छन्। श्रीमती र छोरीलाई डेरा बसेको घरमा छाडेर उनी दिनभर टिपर चलाउन जाने गरेको र बेलुका मात्रै फर्कन गरेको पाइएको प्रहरीले जनाएको छ। मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले प्रारम्भिक अनुसन्धानबाट आफ्नै घरमा अभिभावकसँग भाडामा बस्ने बालिकामाथि नेपालले दुई वर्षदेखि बलात्कार गरिरहेको खुलेको जानकारी दिए। नेपालविरुद्ध किटानी जाहेरी परेपछि पक्राउ गरिएको जानकारी उनले दिए। ‘कसैलाई पनि नसुनाउन विभिन्न धाक धम्की दिँदै बलात्कार गरिरहेका कारण अहिलेसम्म घटना गुपचुप रहेको पाइयो,’ प्रहरी स्रोतले भन्यो, ‘बालिकालाई धम्की दिँदै आफूसँग बिहे गर्नु पर्ने दबाब दिन थालेपछि घटना बाहिर आएको हो।’ प्रहरीका अनुसार बालिकाले आफूमाथि घरकै कोठा, होटल र बाटोमासमेत बलात्कार भएको बताएकी छन्।

‘घरबेटीसँग हामीले अविश्वास गर्ने कुरा भएन। बिहानै छोरीलाई उठाएर ‘मर्निङवाक’ गर्न भन्दै लिएर जान्थे,’ बालिकाका बुवाले भने, ‘तर ‘मर्निङवाक’ गर्न लिएर जाने र बाटैमा बलात्कार गर्ने गर्दा रहेछन्। धेरै पहिलेदेखि मानसिक तनावमा रहे पनि डर र धम्की देखाएका कारण छोरीले यो कुरा हामीलाई सुनाउन नसकेको पाइयो।’ भित्रभित्रै मसँग बिहे गर्नुपर्छ भनेर नेपालले बारम्बार दबाब दिन थालेपछि घटनाका बारेमा रुँदै छोरीले आफूहरुलाई सुनाएको उनले बताए।

ललाईफकाई बलात्कार गर्दै कसैलाई सुनाएमा ज्यान मार्ने र भाडामा बसेका परिवारलाई घरबाट निकालिदिने धम्कीसमेत दिने गरेका कारण बालिकाले घटनाका बारेमा बाहिर नल्याएको एसपी खड्काले बताए। उनका अनुसार पैसा दिने र विभिन्न लोभलालच देखाउँदै बलात्कार गर्ने नेपालले बालिकालाई आफूसँग बिहे गर्नलाई पनि दबाब दिइरहेको खुलेको छ। भारतीय सेनामा कार्यरत उनले २०६४ सालमा अवकाश पाएका हुन्। अवकाश पाएपछि भने नेपालले घरमै बसेर जग्गा कारोबार गर्ने गरेको प्रहरीले जनाएको छ। जग्गा धितो राख्नेहरुलाई ऋण पनि उपलब्ध गराउने काम उनी गर्थे। उनीविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउन बुधबार म्याद थप गरेर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

त्यस्तै मोरङको केराबारीबाट पनि १५ वर्षीया बालिकामाथि बलात्कार प्रयोग गरेको अभियोगमा एक जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा केराबारी गाउँपालिका–७ का ४२ वर्षीय शुक्रबहादुर नेम्वाङ रहेका छन्। इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकाल नेतृत्वको टोलीले नेम्वाङलाई घरैबाट पक्राउ गरेको हो। उनले मंगलबार बिहान ११ बजेतिर एक जना बालिकालाई बलात्कारको प्रयाय गरेको जानकारी ढकालले दिए। बालिकामाथि बलात्कारको प्रयास हुँदै गर्दा स्थानीयले देखेर प्रहरीलाई खबर गरेका हुन्।

Related Articles

Back to top button
Close