News

काभ्रेमा एकै गाउँका २५ जनामा कोरोना संक्रमण पुष्टि

काभ्रे । काभ्रेभञ्ज्याङमा एकै गाउँका २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । परीक्षण गरिएका ५१ वटा स्वाबमध्ये २५ जनामा कोरोना देखिएको हो । संक्रमितहरु । ९ वर्षका बालबालिकादेखि ८० वर्ष सम्मका रहेका छन् ।

कोरोनासँग मिल्दोजुल्दो लक्षण भएको सूचनाका आधारमा समुदायमा नै परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको काभ्रेका प्रमुख स्वास्थ्य प्रशासक डा। नरेन्द्रकुमार झाले बताए ।

नगरपालिकाले १ हजार जनाको परिक्षण थालिसकेको छ । धुलिखेलमा हालसम्म ९५ जनामा संक्रमण पुष्टि भइसकेको छ । वडा क्षेत्र सिल गरेर डिसइन्फेक्सन गरिएको बताइएको छ ।जिल्लामा हालसम्म ३ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Related Articles

Back to top button
Close