News

यस्ता छन् तामा खानुका फाइदा

बाँसको तामाका विषयमा सवैले जानेको र बुझेकै हुनुपर्छ । आलु–तामाको स्वाद प्राय सवैलाई मनपर्छ होला ।तामाको स्वादसँग जोकोही परिचित भए पनि यसको बहुगुणी फाइदाबारे सबैलाई जानकारी नहुन सक्छ । आलुतामा खानाले स्वास्थ्यमा के कस्तो फाइदा पुग्छ ? यसबारे यहाँ उल्लेख गरिएको छ–

.बाँसको तामामा खाएमा मुटुसम्बन्धी तथा फोक्सोसम्बन्धी रोगको सम्भावना कम हुन्छ ।

.यसले कोलस्ट्रोल नियन्त्रणमा राख्न मद्दत गर्छ ।

.विभिन्न घाउ तथा चोट ठीक गर्न तामा उपयोगी हुन्छ ।

.यसमा न्यून क्यालोरी हुने हुँदा वजन घटाउन सहयोग पुर्‍याउछ ।

.यसमा कम कार्बोहाइड्रेड हुन्छ त्यसैले यो मधुमेह रोगीका लागि फाइदाजनक हुन्छ ।

.तामाको परिकार नियमित खाने व्यक्तिलाई क्यान्सरको जोखिम न्युन हुन्छ ।

.ग्यास्ट्रिक र अल्सरका रोगीका लागि पनि तामा उत्तम मानिन्छ ।

.पिसाबको संक्रमण भएमा तामा खाँदा यसले औषधिको काम गर्नुका साथै पाचन प्रक्रियामा फाइदा पुर्‍याउँछ ।

.रक्तचाप नियन्त्रणमा राख्न मदत खेल्छ ।

Related Articles

Back to top button
Close