News

अस्पतालका भित्ता र स्वास्थ्यकर्मीको जुत्तामा भेटियो कोरोना

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को जीवाणु अस्पतालको भित्ता र बिरामीको उपचारमा संलग्न स्वास्थ्यकर्मीको जुत्तामा समेत भेटिएको छ ।

अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी) ले उहानको हुवोसेनसान अस्पतालमा गरिएको अध्ययनको निष्कर्षलाई आधार मानेर नयाँ तथ्य सार्वजनिक गरेको हो यस तथ्यअनुसार महामारी उच्च अवस्थामा रहेका बेला संक्रमित राखिएको अस्पतालको आईसियुमा लिइएका स्याम्पलमध्ये ९४ प्रतिशत र संक्रमित राखिएका जनरल वार्डमा लिइएका स्याम्पलमध्ये १ सय प्रतिशत पोजेटिभ देखिएको थियो ।

अनुसन्धानकर्ताहरुका अनुसार आईसियुमा खटिएका स्वास्थ्यकर्मीका जुत्ताको सोल परीक्षण गर्दा झन्डै ५० प्रतिशत स्याम्पल पोजेटिभ देखिएको थियो ।
त्यसैले, स्वास्थ्यकर्मीको जुत्ताको सोलबाट कोरोना फैलनसक्ने यस अध्ययनले जनाएको छ । अध्ययनअनुसार अस्पतालका फार्मेसीको भुइँमा पनि कोभीड–१९ को जीवाणु भेटिएको थियो, बिरामी नआउने यस्तो ठाउँमा रोग भेटिनुको मुख्य कारण स्वास्थ्यकर्मीको आवत–जावत नै हुनसक्ने पनि अध्ययनले देखाएको छ ।

यसअघि गत महिना द लान्सेटले इटलीमा गरेको अध्ययनअनुसार बिरामीको उपचार गर्ने औसत ५ स्वास्थ्यकर्मीमध्ये १ जनामा कोभीड–१९ संक्रमण देखिनसक्ने जनाएको थियो ।

Related Articles

Back to top button
Close