News

बुहारीबाट आमाछोरालाई को’रोना सं’क्रमण भएको हुनसक्छ ! यस्तो रहेछ वास्तविक नालीबेली [पुरा पढ्नुहोस]

३ वैशाख, काठमाडौं । चैत ५ गते बेलायतबाट आएर पेप्सिकोलास्थित सनसिटी अपाटर्मेन्टमा बसिरहेका एकै परिवारका तीनजनाको र्‍यापिड टेस्ट गर्दा पोजेटिभ आएपछि पाटन अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरियो । त्यसको भोलिपल्ट टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा आमा र छोरामा को’रोना भा’इ’रस (कोभिड-१९) को सं’क्रमण देखियो, तर बुहारीको पहिलो परीक्षणमा को’रोना पोजेटिभ देखिएन ।

बि’रामीको ट्राभल हिस्ट्री हेर्दा यो सं’क्रमण आयातित जस्तो देखिन्छ । तर, बेलायतबाट आएको २८ दिन भइसकेकाले स्थानीय सं’क्रमण त होइन भन्ने आ’शंका उब्जाएको छ । तर, त्यसो हुने सम्भावना कम रहेको सं’क्रामक रो’ग विशेषज्ञ डाक्टर अनुप सुवेदी बताउँछन् । उनका अनुसार पेप्सीकोलामा देखिएको सं’क्रमणले दुई वटा सम्भावनालाई संकेत गर्छ ।

Ads by AdMana.net
पहिलो संकेत : तीनमध्ये एकजना (बुहारी)लाई बेलायतमा हुँदा नै को’रोना भा’इरसको सं’क्रमण भएको थियो । र, उनकै माध्यमबाट आमा र छोरालाई सं’क्रमण भएको हुन सक्छ । र्‍यापिड टेष्टको रिपोर्टले पनि त्यही संकेत गर्छ । किनकि पीसीआर विधिबाट गरिएको पहिलो परीक्षणमा पोजेटिभ रिपोर्ट नआए पनि र्‍यापिड टेष्टमा पोजेटिभ देखिएको छ । र, एन्टी बडी बेस्डको र्‍यापिड टेष्टमा पोजेटिभ रिपोर्ट आउनु भनेको को’रोना सं’क्रमण भएर उनको शरीरमा भा’इरस प्रतिरोधी शक्ति विकास हुनु हो ।

जनस्वास्थ्य विज्ञहरुका अनुसार को’रोना सं’क्रमणको पहिलो चरण पीसीआर मात्र देखिन्छ भने दोस्रो चरण पीसीआर र र्‍यापिड दुबैमा पोजेटिभ रिपोर्ट आउँछ । तेस्रो चरण भन्दामाथि अर्थात निको हुने क्रममा वा भइसकेका अवस्थामा एन्टीबडी बेस्ड र्‍यापिड टेस्टमा पोजेटिभ र पीसीआर टेस्ट गर्दा नेगेटिभ आउँछ ।

त्यसो भए पनि बुहारीबाट आमाछोरा बेलायतमा हुँदा नै सं’क्रमण सर्‍यो कि नेपालमा आएर ?

किनकि उनीहरु नेपाल आएको चार साता भइसक्यो । आमाछोरामा अहिले बल्ल सं’क्रमण देखिएको छ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रो’ग अस्पतालमा उपचाररत गराइरहेका दोस्रो र तेस्रो सं’क्रमितको उदाहरण दिँदै डाक्टर सुवेदी भन्छन्, ‘उहाँहरु अस्पताल भर्ना हुनुभएको तीन साता पुग्न लाग्यो । लक्षण पनि छैन । तर, पीसीआर विधिबाट तेस्रो पटक टेस्ट गर्दा पोजेटिभ आएको छ । यो केस पनि त्यस्तै हुन सक्छ ।’

अर्थात आमा छोरा बेलायतमा हुँदै नै सं’क्रमित भएका हुनसक्छन् । उताबाट आउनासाथ परीक्षण गरेको भए सं’क्रमण देखिन सक्ने सम्भावना रहेको बताउँदै उनी भन्छन्, ‘अहिलेसम्मको अवस्था हेर्दा उहाँहरुको सं’क्रमणको स्रोत आयातीत थियो भन्ने बुझ्न सकिन्छ । तर, यही हो भनेर ठोकुवा गरेर भन्न सकिन्न ।’

शुक्रराज ट्रपिकल तथा सरुवा रो’ग अस्पतालका डा. शेरबहादुर पुन र्‍यापिड टेस्ट गर्दा नतिजामा इम्यूनोग्लोब्यूलिन-एम एण्टीबडी देखिएको हो भने यो नयाँ सं’क्रमण हो भन्ने बुझिने बताउँछन् । इम्यूनोग्लोब्यूलिन-जी एण्टीबडी आयो भने सं’क्रमित व्याक्तिमा भा’इरस निश्त्रिmय हुने क्रममा रहेको बुझ्नुपर्छ । अर्थात सं’क्रमितहरुको शरीरमा भा’इरस प्रवेश गरेको २८ देखि ३० दिन हुन सक्छ ।

उनका अनुसार इम्यूनोग्लोब्यूलिन-एम एण्टीबडी मानव शरीरमा को’रोना सं’क्रमण भएको केही दिनमै उत्पादन हुन्छ भने इम्यूनोग्लोब्यूलिन-जी एण्टीबडी सं’क्रमण भएको केही समयमा ।

यो केसमा इम्युनोग्लोब्यूलिन-एम एण्टीबडी देखिएको हो भने वैज्ञानिकका लागि केस हिस्ट्री हुने उनी बताउँछन् । भन्छन्, ‘पीसीआर जाँच गर्दा पोजेटिभ देखिने केस भनेको धेरैमा १४ देखि २८ दिनसम्म हो । तर, त्यो बेला इम्यूनोग्लोब्यूलिन-जी एण्टीबडी देखिन्छ । भा’इरस सं’क्रमण नि’श्क्रिय हुने अवस्थामा हुन्छ ।’

त्यसैले इम्युनोग्लोविन एण्डीबडी नहेरी अहिले केही भन्न नसकिने बताउँदै डा. पुन भन्छन्, ‘अबको २ देखि ५ दिनभित्र पुनः जाँच गर्दा उनीहरुको दोस्रो रिपोर्ट नेगेटिभ आयो भने यो केस आयातित भन्ने बुझ्नुपर्छ । तर, पोजेटिभ आयो भने स्थानीय सं’क्रमणको शं’का गरेर नयाँ तरिकाले बहस गर्न सकिन्छ ।’ किनकि, ३० देखि ३५ दिनसम्म पीसीआर जाँच गर्दा पोजेटिभ भेटिएको केस दुर्लभ हुन्छ ।

त्यसो भए पीसीआर जाँच गर्दा पोजेटिभ देखिएको सनसिटीको ओमा छोराको र्‍यापड टेस्ट गर्दा इम्यूनोग्लोब्यूलिन-एम एण्टीबडी देखियो कि इम्यूनोग्लोब्यूलिन-जी एण्टीबडी ?

स्वास्थ्य मन्त्रालयका स्वासथ्य विज्ञ सल्लाकार डाक्टर खेम कार्कीका अनुसार कोभिड-१९ जाँच्न सरकारले प्रयोगमा ल्याएको र्‍यापिड डायग्नोस्टिक किटले मानव शरीरमा को’रोना भा’इरसवि’रुद्ध ल’ड्ने एन्टीबडी बने-नबनेको मात्र पत्ता लगाउँछ । किटले कोभिड-१९ को भा’इरस पहिचान गर्न भने सक्दैन । विज्ञ सल्लाहकार डा. कार्की भन्छन्, र्‍यापिड र पीसीआर दुवै परीक्षणबाट पोजेटिभ नमुना आएकाले आमा छोराको सं’क्रमण दुईसाता आसपासको हुनसक्छ ।’

थप परीक्षणबाट मात्र उनीहरु बेलायतमै सं’क्रमित भए कि नेपालमा भन्ने पत्ता लाग्ने उनले बताए ।

तर, जे निष्कर्ष आएपनि सुखद भने पक्कै हुने छैन । स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डा. कार्की भन्छन्, ‘यो आयातीत केस रहेछ भने पनि कोरोना भाइरस १५/२० दिनमा जान्छ भन्ने विश्वव्यापी मान्यता लागू नहुने भयो ।’

अर्थात सुरुमा भनिएको १४ वा अहिले थप सात दिन गरेर बनाइएको २१ दिने निगरानी अ’पर्याप्त हुने भयो । र, सं’क्रमित मुलुकहरुबाट चैतको पहिलो साता नेपाल आएकामा पनि अहिले को’रोना सं’क्रमण देखिने जो’खिम रहिरहने भयो । उनीहरुमा देखिएको सं’क्रमण आयातित होइन भने झन जो’खिम हुनेछ । किनकि यो भनेको उनीहरुलाई नेपालमा अरुबाट को’रोना सरेको हो भन्ने हुन्छ अर्थात नेपालमा को’रोना सं’क्रमण समुदाय स्तरमा पुगिसकेको बुझ्न सकिन्छ ।

डा. कार्की भन्छन्, ‘अहिले नै आयातित र स्थानीय सं’क्रमण भन्न नसकेपनि यो केसले समुदायको अरु मानिसमा सं’क्रमणको ख’तरा बढाएको भन्न सकिन्छ । र, छिटोभन्दा छिटो कन्ट्याक ट्रेसिङ र स’तर्क हुनुको विकल्प भने छैन ।’ [अनलाइन खबर बाट साभार गरिएको]

Related Articles

Back to top button
Close