News

अहिले मान्छेसँग नै डर लाग्छ: दीपकराज गिरी

काठमाडौं – कोरोना भाइरसका कारण पूरै विश्वभरि नै आतंक मच्चिएको छ । महामारीका रुपमा फैलिएको यो भाइरसले नेपालमा पनि आतंक मच्चाएको छ।कलाकारहरु यतिबेला सेल्फ क्वारेन्टाइनमा छन् । दीपकराज गिरी भने एफएममा कार्यक्रम चलाउने हुँदा बाहिर पनि निस्किरहेका हुन्छन् ।

हालै दीपकराज गिरीले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै अहिले कोरोनाका कारण मान्छेसँग नै डर लाग्न थालेको बताएका छन् ।सामाजिक सञ्जालमा गिरीले लेखेका छन्, ‘पहिला पहिला बाटोमा मान्छेले चिन्लान् भनेर मास्क लगाउँथें, आजकाल कोरोनाले नचिनोस् भनेर लगाउँछु ।’

गिरीले कोरोनाले फाइदा पनि पु¥याएको भन्दै राजधानीका चिल्ला सडकको चर्चा गरेका छन् ।‘पहिले बाघ भालुसँग डर लाग्थ्यो, आजकाल मान्छेसँग नै डर लाग्छ, तर जे हुँदैछ केही न केही राम्राका लागि हुँदैछ,’ उनी भन्छन् ।

यतिबेला गिरीले ‘छक्का पञ्जा ४’ को स्किृप्ट लेखिरहेका छन् । तर, कोरोना भाइरसले प्रभावित पारेको माहोलका कारण आनन्दले लेख्न सकिरहेका छैनन् ।

Related Articles

Back to top button
Close