News

‘लकडाउन’ उलंघन गर्नेलाई गोली हान्‍न प्रहरी-सेनालाई आदेश

काठमाडौँ । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटर्टेले लकडाउनको उलंघन गर्नेलाई गोली हान्न आदेश दिएका छन् । राष्ट्रपति रोड्रिगोले बुधबार राति देशबासीलाई सम्बोधन गर्दे सेना र प्रहरीलाई लकडाउनको समयमा समस्या निम्त्याउने जो कोहीलाई पनि गोली हान्न आदेश दिएका हुन् ।

Filipinsकोरोनाभाइरसको संक्रमण बढ्दै गएपछि फिलिपिन्समा एक महिने लकडाउन घोषणा गरिएको छ । राष्ट्रपति रोड्रिगोले सम्बोधनको क्रममा भने, “मेरो आदेश प्रहरी र सेनाका अधिकारीलाई हो । यदि कसैले झगडा गर्छ र तपाईँको ज्यानलाई खतरा हुने स्थिती निम्त्याउँछ भने उनीहरुलाई गोली ठोक्नुहोस् ।” उनले राति अबेर सरकारी टेलिभिजनमार्फत सम्बोधन गरेका थिए । ’

अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार खाद्यन्न संकट बढ्दै गएपछि मनिलाको फ्युजन शहरमा मानिसहरु लकडाउनबीच सडकमा निस्केका थिए । उनीहरुले सरकारविरुद्ध प्रर्दशन समेत गरे । प्रहरीले २१ जनालाई पक्राउ गरेको थियो ।

स्यान्टिटाउनका बासिन्दाले दुई हप्ता अघिदेखि लागू गरिएको लकडाउनका बीच आफूहरुले सरकारबाट अन्य राहत सामग्रीका साथै खाद्य सहयता नपाएको गुनासो गरेका छन् ।

प्रहरी अधिकारी जनरल रोनी मोन्तेजोले लाखौं जनतालाई घरभित्रै क्वारेन्टिनमा बस्न आदेश भएको बताए । नियम तोड्नेविरुद्ध आपराधिक मुद्दा दर्ता गरिने उनले बताए । तर, खाद्य संकट बढ्दै गएपछि कोरोनाभन्दा भोकै मर्नुपर्ने अवस्था सिर्जना भएको भन्दै सर्वसाधारण विरोधमा उत्रेका छन् ।

राष्ट्रपतिको आदेशपछि सेना बाक्लो रुपमा सडका निस्किएको छ ।

Related Articles

Back to top button
Close