News

लकडाउनमा बैंकको सेवाबारे गुनासो वा समस्या छ ? समाधान गर्न यी ३ मोबाइल नम्बरमा गर्नुस कल

नेपाल राष्ट्र बैंकले लकडाउनको बेला आउँन सक्ने समस्या सम्बोधन गर्नको लागि सम्पर्क व्यक्ति तोकेको छ । राष्ट्र बैंकले लकडाउन बेला बैंक तथा वित्तीय संस्थाको सेवा उपयोग गर्दा आउने समस्या तथा जिज्ञासा समाधान गर्नको लागि राष्ट्र बैंक कै उच्चा अधिकारीहरुलाई सम्पर्क व्यक्ति तोकेको हो ।जस अनुसार राष्ट्र बैंकले सेवाग्राहीलाई हुन् सक्ने समस्या तथा जिज्ञासालाई ३ विषयमा बर्गिकरण गरी ३ जना कार्यकारी निर्देशकहरुलाई सम्पर्क व्यक्ति तोकेको हो ।

राष्ट्र बैंकले बैंकमा रकम जम्मा गर्ने वा झिक्ने, ऋणको सावाँ ब्याज तिर्ने लगायतका बैंकिंङ कारोबार सम्बन्धि सबन्धि समस्या तथा गुनासो भए देवकुमार ढकाललाई सम्पर्क गर्न आग्रह गरेको छ । त्यस्तै रेमिटेन्स, विदेशी मुद्रा सटही, टीटी, एलसी लगायतका विदेशी विनिमय कारोबार सम्बन्धि गुनासो तथा समस्या भए बम बहादुर मिश्रलाई सम्पर्क गर्न राष्ट्र बैंकले आग्रह गरेको छ । मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, डेबिट कार्ड, क्रेडिट कार्ड, एटिएम कार्ड लगायतका डिजिटल बैंकिङ कारोबारमा समस्या हुने सेवाग्राहीले रेवतीप्रसाद नेपाललाई सम्पर्क गर्न राष्ट्र बैंकले आग्रह गरेको छ ।

बैंक तथा वित्तीय सस्थाको सेवालाई थपप्रभावकारी बनाउन यसले सहयोग गर्ने राष्ट्र बैंकको विश्वास रहेको छ ।

Related Articles

Back to top button
Close