News

लकडाउन तोडेर रातिराति काठमाण्डु छाडेर घर जाँदै हो ? होसियार !

काठमाण्डु, २ वैशाख– सरकारले लकडाउनका बेला अलपत्र परेर रातिराति पैदलै घर जान हिंड्नेहरुलाई रोक्ने भएको छ ।

सुरक्षाकर्मी परिचलान गरी काठमाण्डुबाट बाहिरिनेलाई रोक्ने निर्णय मंगलबारको मन्त्रिपरिषद बैठकले गरेको हो ।

अब जान नदिने र यसअघि हिंडेकाहरुलाई पनि जहाँ पुगेका छन् त्यहीं रोकेर क्वारेन्टाइनमा राख्ने निर्णय भएको एक मन्त्रीले काठमाण्डुटुडेलाई बताए ।

त्यसरी रोकेर उनीहरुलाई सम्बन्धित स्थानीय तहमार्फत खाने र बस्ने व्यवस्था मिलाइने र अवस्था सामन्य भएपछि मात्र घर जान दिने निर्णय भएको उनले जानकारी दिए ।

Related Articles

Back to top button
Close