News

सनसिटीमा कोरोना परिक्षण आजका लागि स्थगित, यस्तो आयो नतिजा

काठमाडौं – पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा कोरोना परिक्षणको काम आजको लागि स्थगित भएको छ। संक्रमण पुष्टि भईसकेकाहरु बस्ने गरेको ‘ब्लक ए’ का २ सय ५० जनाको र्‌यापिड टेस्ट गरेर आजको टेष्ट स्थगित गरिएकाे हो।

परिक्षणमा संलग्न एक स्वास्थ्यकर्मीका अनुसार टेष्ट गरिएका सबैको नतिजा नेगेटिभ देखिएको छ। नतिजाबारे अपरान्ह ४ बजे आधिकारीक रुपमा जानकारी गराईने उनले बताए। बाँकी ४ वटा ब्लकको टेष्ट भने भोली हुने अपार्टमेन्ट व्यवस्थापनले जानकारी दिएको छ।

सनसिटी अपार्टमेन्टमा बस्दै आएका एकै परिवारका २ जना सदस्यमा कोरोना संक्रमण पोजिटिभ देखिएपछि अपार्टमेन्टलाई नै सिल गरेर त्यहाँ बसाेबास गर्नेहरुकाे परिक्षण शुरु गरिएकाे हाे । त्यहाँ करिव १ हजार ५ सय जना बस्दै आएका छन् ।

Related Articles

Back to top button
Close